ad ad

राजनीति


वरिष्ठ अधिवक्ता संग्रौलाको बहसः यसपटक पुनर्स्थापना नभए हरेक दुई वर्षमा संसद् विघटन हुन्छ

वरिष्ठ अधिवक्ता संग्रौलाको बहसः यसपटक पुनर्स्थापना नभए हरेक दुई वर्षमा संसद् विघटन हुन्छ

नेपालखबर
माघ १४, २०७७ बुधबार ७:४९,

वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले संसद पुनर्स्थापना नभए संसद्को आयु दुई वर्षमै सीमित हुने बताएका छन्।

बुधबार संवैधानिक इजलासमा भइरहेको प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइमा बहस गर्दै संग्रौलाले पुनर्स्थापना नभए गलत नजिर बस्ने र हरेक दुई वर्षमा संसद् विघटनको बाटो खुल्ने बताएका हुन्।

संसद्को आयु ५ वर्ष लेखे पनि त्यो संविधानमै सीमित हुने उनको तर्क छ।

संसद् पुनर्स्थापना भएको खण्डमा संसदमा झगडा भए पनि प्रजातन्त्र बलियो हुने उनले जिकिर गरे।

दुई वर्षसम्म प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न नपाउने प्रावधान छ। तर दुई वर्ष पुगिसकेपछि प्रधानमन्त्रीले नै संसद् विघटन गरिदिने र चुनाव घोषणा गर्ने उनले औँल्याए।

संसद विघटनको यो अधिकार प्रधानमन्त्रीलाई नदिएकोमा संग्रौलाले जोड थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .