पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले संसद् विघटन गर्नेलाई कुपुत्र-कुपुत्रीको संज्ञा दिएका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत् नेता भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले घरमा आगो लगाएको भन्दै त्यो आगो निभाउन सबैलाई आग्रह गरेका छन्।
‘एक आर्किटेक्टको अनुभूति : जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’ को घर बनाइयो, सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो,’ उनले ट्विटरमा लेखेका छन्, ‘केही कुपुत्र-कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए! केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्। छिमेकी रमिते! लौन आगो निभाऊॅ!’
— Baburam Bhattarai (@brb1954) January 3, 2021एक आर्किटेक्टको अनुभूति:जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो!सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो।केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए!केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन्।छिमेकी रमिते! ळौन आगो निभाऊॅ!
प्रतिक्रिया