ad ad

समाज


नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक छ, तर यसकारण डराउनुपर्दैन : विज्ञ

नयाँ कोरोना पुरानोभन्दा ७० प्रतिशत बढी संक्रामक छ, तर यसकारण डराउनुपर्दैन : विज्ञ

नेपालखबर
पुस १९, २०७७ आइतबार ४:१६,

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रजाति पुरोनोभन्दा एकदमै संक्रामक रूपमा अन्य देशमा समेत फैलिरहेको खबर आइरहेका छन्।

छिमेकी मुलुक भारतमा समेत यसबाट मानिस संक्रमित भइरहेका छन्। जसले गर्दा यो नेपालमा पनि भित्रिने वा भित्रिसकेको हुन सक्ने जोखिम निकै छ।

यसै सन्दर्भमा जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेका सुझाव यस्ता छन् :

-बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबारे डर नमानौं। यो कोरोना भाइरस नै हो, अर्को नयाँ भाइरस हैन। भाइरसको स्वरूप परिवर्तन अर्थात म्युटेसन भइरहन्छ।

-त्यही क्रममा बेलायतमा स्वरूप परिवर्तन भएको कोरोना भाइरसको नयाँ प्रजाति देखिएको हो। पुरानो कोरोना भाइरसभन्दा यो ७० प्रतिशतभन्दा बढी सर्न सक्दछ। उदाहरणका लागि पुरानो भाइरस कुनै समुदायमा एक हजार जनामा फैलिन्थ्यो भने यो ७० प्रतिशतभन्दा बढी अर्थात् १७०० जनालाई संक्रमण गराउन सक्छ।

-यो भाइरसको मृत्युदर हामीकहाँ भएको कोरोना भाइरसको मृत्युदर भन्दा कम रहेको जनाइएको छ। आम सर्वसाधारणमा नयाँ खतरा भाइरस आयो भन्ने जुन हल्ला चलाइएको छ, त्यो सत्य हैन। यो सर्ने तरिका, यसका लक्षण, उपचार, रोकथाम तथा खोप एउटै हो।

-अन्य व्यक्तिसँग भेट्दा मास्क सही तरिकाले अनिवार्य रूपमा लगाउने, भीडमा नजाने, भौतिक दूरी कायम गर्ने, बन्द कोठामा भेटघाटरबैठक नगर्ने तथा हातलाई नियमित रूपमा धुने वा स्यानिटाइज गर्ने हो भने यो भाइरस फैलिए पनि सर्दैन।

-आफ्नो घरमा उपलब्ध पोषिला खाना खाने, घाममा बस्ने, दिउँसो व्यायाम गर्ने (जाडोमा मर्निङ वाक नगर्नु राम्रो), तनाव नलिने, राति ८-९ घण्टा सुत्ने, मौसमी फलफूल खाने, औषधिसेवीले आफ्नो औषधि नछाड्ने तथा जनस्वास्थ्यका मापदण्ड अपनाएर आफ्नो नियमित काम गर्ने हो भने हाम्रो स्वास्थ्य र काम दुवै सँगै जानेछ।

-ज्येष्ठ नागरिक तथा दीर्घ बिरामीले आफ्नो स्वास्थ्य हेरेर सकभर खोप लगाउनुपूर्व घरमा नै बस्नु राम्रो।

-गलत सूचना नै तनावको स्रोत हो। तसर्थ आधिकारिक समाचार मात्र हेर्नेरपढ्ने, स्वास्थ्यकर्मीको कुरामा मात्र विश्वास गर्ने तथा नकारात्मक समाचार नहेर्ने गर्नु नै तनाव कम गर्ने मुख्य उपाय हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .