ad ad

राजनीति


९ दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

९ दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

नेपालखबर
पुस १९, २०७७ आइतबार ३:५२,

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि पुनः बस्दै छ। १० पुसदेखि स्थगित भएको बैठक आजदेखि पुनः बस्न लागेको हो।

दिउँसो १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको राजनीतिक परिस्थितिबारे छलफल गर्न ७ पुसदेखि कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको थियो। ‘१० पुसदेखि स्थगित बैठक आज पुनः बस्न लागेको हो,’ प्रवक्ता शर्माले नेपालखबरसँग भने, ‘अस्तिकै बैठकको निरन्तरता भएकाले संसद विघटनको विषयमा बोल्न बाँकी साथीहरुले आज पनि आ-आफ्नो घारणा राख्नुहुने छ।’

कांग्रेसमा संसद विघटनविरुद्ध आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा तीब्र विवाद छ। सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको मध्यावधि चुनावको पक्षमा छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल त्यसको विरुद्धमा उभिएका छन्। पौडेलले संसद विघटनविरुद्ध संयुक्त आन्दोनल गर्नुपर्ने पक्षमा अभिव्यक्ति दिँदै आएका छन्।

१० पुसको बैठकमा देउवा पक्षका नेताले संसद् पुनस्र्थापनाको पक्षमा काग्रेस लाग्नु नहुनेमा जोड दिएका थिए भने पौडेलसहितका नेता संसद पुनस्र्थापनाको पक्षमा उभिएका थिए।

संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भने पनि सभापति देउवा संसद पुनस्र्थापनाको पक्षमा भने देखिएका छैनन्। संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले यस विषयमा मौन रहनुपर्ने उनको बुझाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .