ad ad

राजनीति


मोदी सरकारविरुद्ध भारतीय किसान सडकमा, आज भारत बन्द

मोदी सरकारविरुद्ध भारतीय किसान सडकमा, आज भारत बन्द

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार ०:३८,

आन्दोलनरत भारतका किसानले आज (मंगलबार) त्यहाँ देशव्यापी बन्दको आह्वान गरेका छन्। त्यसमा धेरै राजनीतिक दलले पनि समर्थन जनाएका छन्।

मोदी सरकारले ल्याएको कृषि कानुनविरुद्ध पन्जाब र हरियाणका किसान १२ दिनदेखि आन्दोलनमा छन्। किसानले दिल्लीलगायत देशका विभिन्न जिल्लामा प्रदर्शन जारी राखेका छन्।

यसै क्रममा उनीहरूले मंगलबार भारत बन्दकाे घाेषणा गरेका हुन्। आन्दोलनरत किसान संगठनले बन्द देशका हरेक स्थानमा सफल हुने दाबी गरेका छन्।

किसान नेता बलवीर सिंह राजोवालले भनेका छन्, ‘बन्द बिहानदेखि साँझसम्म हुनेछ। चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ।’

उनका अनुसार आज दूध-सब्जी आपूर्ति रोक्न आह्वान गरिएको छ। तर अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह रोकिने छैन।

यस बन्दका लागि किसानले १८ वटा विपक्षी पार्टीको सहयोग पाएका छन्। सोमबार सिंघु बोर्डर र किसानको दोस्रो प्रदर्शन स्थल पुगेका थिए।

सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ। तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन।

सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ। तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन।

सरकारले न्यूनतम समर्थन मूल्यप्रति किसानको आशंका गलत रहेको दाबी गरेको छ। सरकारले कानुनमा केही परिवर्तन गर्न तयार रहेको संकेत दिएको छ तर किसानले तीनवटै कृषि कानुन रद्द नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।

सरकारसँग उनीहरूको अर्काे वार्ता भोलि बुधबार हुनेछ। बीबीसी हिन्दी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .