ad ad

राजनीति


सचिवस्तरीय वार्तापछि भारतीय विदेशसचिव श्रृंगलाको परराष्ट्रमन्त्री ज्ञवालीसँग भेट

सचिवस्तरीय वार्तापछि भारतीय विदेशसचिव श्रृंगलाको परराष्ट्रमन्त्री ज्ञवालीसँग भेट

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ९:३१,

नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेका छन्।

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेर उनले मन्त्री ज्ञवालीलाई भेट गरेका हुन्।

नेपाली प्रतिनिधिमण्डलसँगको द्विपक्षीय वार्ता सम्पन्न गरी भारतीय विदेशसचिव परराष्ट्रमन्त्री ज्ञवालीसँगको भेटका लागि मन्त्रालय पुगेका थिए।

करिब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक सम्पन्न भएको हो।

सो द्विपक्षीय बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रसचिव भरतराज पौडेलले र भारतीय टोलीको नेतृत्व भारतीय विदेशसचिव हर्षवर्धन श्रृंगलाले गरेका थिए।

सो बैठकमा द्विपक्षीय सम्बन्धका बिभिन्न मामिलामाथि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

होटेल याक एन्ड यतिमा भएको द्विपक्षीय बैठक सम्पन्न गरी सचिव श्रृंगला परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेट गर्न परराष्ट्र मन्त्रालय सिंहदरबार पुगेका थिए।

सचिव पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सहसचिवद्वय सेवा लम्साल र यज्ञबहादुर हमाललगायत सहभागी थिए भने विदेशसचिव श्रृंगला नेतृत्वको टोलीमा भारतको बाह्य मामिला मन्त्रालय (उत्तर विभाग)का सहसचिव अरिन्दम बाग्ची, नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रालगायत यहाँस्थित भारतीय दूतावासका कर्मचारी सहभागी थिए।

सचिव पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई–दिवसीय भ्रमणका लागि भारतीय सचिव श्रृंगला आजै काठमाडौँ आएका हुन्।

उनलाई त्रिभुवन विमानस्थलको विशिष्ट कक्षमा सचिव पौडेल र परराष्ट्र मन्त्रालयका उच्च अधिकारी तथा राजदूत क्वात्रा एवं भारतीय दूतावासका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए।

यो पनि : 
भारतीय विदेश सचिव भन्छन्- म पहिले नै नेपाल आउन चाहेको थिएँ, कोरोनाका कारण सकिएन (भिडियो)

भारतीय विदेशसचिवले नेपालमा आफ्ना कार्यक्रमबारे यसरी नेपाली भाषामै दिए जानकारी (भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .