ad ad

खेल


अल्टिमेट हिमालयन मोटरल्याण्डको साधारण सभा, प्रतियोगिता संस्थागत गर्ने प्रतिवद्धता

अल्टिमेट हिमालयन मोटरल्याण्डको साधारण सभा, प्रतियोगिता संस्थागत गर्ने प्रतिवद्धता

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ९:२९,

विश्वमा साहसिक अनि महँगो खेल भनी परिचित मोटर स्पोटर्स नेपालमा अहिले युवाहरुबीच लोकप्रिय हुँदै गइरहेको छ। मोटरसाइकल अनि मोटरकारको छुट्टाछुट्टै प्रकृतीमा हुने यो प्रतियोगितालाई नेपालमा पनि संस्थागत गर्न नासा नेपाल दशकौंदेखि अग्रसर छ।

हातमा गन्न सकिने केही खेलाडीहरुले राष्ट्रिय झण्डा बोकी अन्तर्राष्ट्रिय मन्चमा नेपाललाई चिनाउने काम पनि गरिरहेका छन्। यस कार्यलाई अझ सशक्त गरि तालिम, प्रतियोगिता लगायत रेफ्री, मार्सल, खेलाडी नै तयार गर्ने बिभिन्न योजनाका साथ रेसिङ्ग सर्किट धुलीखेलमा निर्माण गरिएको छ, जुन संसारका रेसिङ सर्किटहरुमध्ये विश्वकै अग्लो स्थानमा अवस्थित पनि रहेको छ।

बालबालिका युवा समेतलाई नियमित खेल अनि तालिम दिन कार्ट, चालक तालिमका लागि सिमुलेटरसहित करिब ३५ रोपनीमा तयार गरिएको यस रेस ट्रयाक, अन्तर्राष्ट्रिय नियमाक संस्था फिया तथा फिमबाट अनुवन्धित संस्था नासा नेपालबाट स्वीकृत प्राप्त नेपाल को लागि एक मात्र रेसिङ्ग सर्किट हो। जसलाई अल्टिमेट हिमालयन मोटरल्याण्डको नाम दिएको छ।

race-Crossmandu.jpg

आज सम्पन्न साधारण सभाबाट यस अल्टिमेट हिमालयन मोटरल्याण्डको सञ्चालनका लागि अनिलकुमार बराल अध्यक्ष तथा दिप्रश शाक्य प्रबन्ध निर्देशक तथा शुशील तण्डुकार टेक्निकल निर्देशक रहने गरी ९ सदस्यीय सञ्चालक समिति गठन भएको छ।

वीसौँ वर्ष अटोमोवाइल क्षेत्रमा क्रियाशील अध्यक्ष बराल एउटा स्थापित उधोगपति हुनुका साथै रेसिङ्ग क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरैचोटि सहभागी भएका ब्यत्तित्व पनि हुन्। त्यसै गरि सफल उद्योग ब्यवसायिक घरानाको दिप्रश मोटरस्पोर्टस प्रेमी तथा यस बिषयमा जानकार ब्यक्तित्व हुन्।

अटो मोबाइलमा एक दशक अनुभब बटुलेका शुशिल सफल इन्जिनियर मात्र नभई मोटर स्पोर्टस्लाई नेपालमा स्थापित गर्न सुरुदेखि लाग्ने एक अनुभबी पात्र पनि हुन्। नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा राख्न यस प्रकारका साहसिक खेलको ठुलो योगदान रहनेमा बिश्वस्त छन, सञ्चालक समितिका अर्का सदस्य तथा नासा नेपालका सचिब निरज खडका।

आशिस लामिछाने प्रमुख सल्लाहाकार रहेको यो टोलीलाई नासा नेपालका अध्यक्ष दशरथ रिसालले खादा ओढाई बधाई तथा सफल कार्यक्रमको शुभकामना दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .