ad ad

खेल


राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ९:४४,

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण बिहीबारबाट सुरु भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडी, प्रशिक्षक, व्यवस्थापक र ग्राउण्ड स्टाफको कोरोना परीक्षण गरेर आजबाट प्रशिक्षण सुरु गरेको हो।

क्यानले बन्द प्रशिक्षणका लागि २२ खेलाडीलाई बोलाएको थियो।

प्रशिक्षणअघि गरिएको कोरोना परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिहं ऐरि, रोहित कुमार पौडेलको कोरोना पोजेटिभ देखिएपछि उनीहरु अहिले आइसोलेसनमा छन्।

तीन खेलाडीमा कोरोना पोजेटिभ देखिएपछि क्यानले ५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ। क्यानले विक्रम सोब, अनिल शाह, कुशल भुर्तेल, रित गौतम र लोकेश बमलाई बन्द प्रशिक्षणका लागि बोलाएको हो।

No description available.

राष्ट्रिय टोलीलाई कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जगत टमाटाले प्रशिक्षण दिएका छन्।

कोरोना भाइरसको महामारीको कारण करिब ९ महिना मैदान बाहिर रहेका खेलाडीलाई सुरक्षा सावधानी अपनाएर क्याने बन्द प्रशिक्षण सुरु गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .