ad ad

राजनीति


पाकिस्तान भन्छः भारतले आतंकवादी आक्रमणलाई प्रायोजन गरेको प्रमाण हामीसँग छ

पाकिस्तान भन्छः भारतले आतंकवादी आक्रमणलाई प्रायोजन गरेको प्रमाण हामीसँग छ

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार ९:२९,

पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरेसीले भारतले आतंकवादी आक्रमणलाई प्रायोजन गरेर पाकिस्तान र चीनको आर्थिक साझेदारीलाई अस्थिर बनाउन खोजेको शनिबार बताएका हुन्।

कुरेसीका अनुसार भारतीय गुप्तचर एजेन्टहरू अफगानिस्तानबाट पाकिस्तानी सिमानामा आक्रमण गर्ने योजनामा ​​काम गरिरहेका छन्।

Successful Foreign Policy Fetching Huge Investments: Shah Mehmood Qureshi -  UrduPointमोहम्मद कुरेसी

‘भारतले आतंकवादीहरुलाई उसको भूमि पाकिस्तानबिरूद्ध प्रयोग गर्न दिइरहेका छन्’ उनले पाकिस्तानसँग प्रमाणहरु भएको बताउँदै भनेका छन्,‘नयाँ दिल्लीले छिमेकी देशहरूबाट पनि हामीविरुद्ध आक्रमणको योजना बनाइरहेको छ।’

पाकिस्तानले आफूसँग भएको प्रमाणहरु संयुक्त राष्ट्रसंघमा पठाउने पनि बताएको छ। कुरेसी भन्छन्,‘अन्तर्राष्ट्रिय हस्तक्षेप बिना दक्षिण एसियामा शान्ति ग्यारेन्टी गर्न गाह्रो छ।’ अल्जाजिरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .