ad ad

समाज


कञ्चनपुरमा मृत भेटिएका व्यक्तिको खल्तिमा ‘सल्फास’ नामक विषादी

कञ्चनपुरमा मृत भेटिएका व्यक्तिको खल्तिमा ‘सल्फास’ नामक विषादी

गोकुल जोशी
कात्तिक ३०, २०७७ आइतबार ९:२६,

कञ्चनपुरको बेदकोट नगरपालिका–१० सुन्दरपुरमा आइतवार एक जना मृत अवस्थामा भेटिएका छन्।

भीमदत्त नगरपालिका–२ उल्टाखामका ५५ वर्षीय डम्बर चन्द मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताए।

‘ग्राभेल सडकको छेउमा पल्टिएको अवस्थामा शव भेटिएको छ’ प्रहरी निरीक्षक भट्टले भने, ‘मृतकले मदिरा सेवन गर्ने गरेको खुलेको छ।’

मृतक चन्दको खल्तीमा सल्फास समेत भेटिएकाले आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ। अहिले शव पोष्टमार्टमका लागि महाकाली अस्पतालमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .