ad ad

कारोबार


लुक्ला विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने पर्यटनमन्त्रीले गरे प्रतिबद्धता

लुक्ला विमानस्थललाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने पर्यटनमन्त्रीले गरे प्रतिबद्धता

नेपालखबर
कात्तिक ३०, २०७७ आइतबार ९:१३,

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सोलुखुम्बुको लुक्ला एयरपोर्टलाई बुटिक एयरपोर्टको रुपमा विकास गर्ने बताएका छन्।

सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकामा पर्यटन विभागद्वारा पर्यटन सूचना केन्द्रको भवन उदघाटन तथा हस्तान्तरण कार्यक्रममा मन्त्री भट्टराईले एयरपोर्टमा शेर्पा समुदायको संस्कृति झल्कने गरी सजावट गरिने बताएका हुन्।

उनले त्यसका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणलाई लागत तयार गर्न निर्देशन समेत दिएका छन्।

मन्त्री भट्टराईले एयरपोर्ट सञ्चालन स्थानीय तहलाई दिन सकिने बताउदै त्यसको लागि आवश्यक नीतिगत प्रबन्ध मन्त्रालयले तयार गर्ने र आधारभूत सेवा नेपाल नागरिक उडड्यन प्राधिकरणले गर्ने बताए।

YogeshBhattarai Lukla 2

उनले एयरपोर्ट सुरक्षामा ध्यान दिनुपर्ने बताउदै एक्सरे मेसिन लगेज बेल्टको प्रस्ताव पठाएमा बजेटको ब्यवस्था गरिदिने बताएका छन्।

मन्त्री भट्टराईले लुक्ला हिमालय जाने मुख्यद्वार भएको उल्लेख गर्दै राष्ट्रिय निकुञ्ज, हिमाल, जैविक विविधताले महत्त्वपूर्ण क्षेत्र भएकोले सुचना केन्द्र आवश्यक रहेको बताउँदै सगरमाथा क्षेत्र, शेर्पा संस्कृतिबारे जानकारी, ऐतिहासिकता, ट्रेकिङ रुट तथा पर्यटकीय क्षेत्रको सबै जानकारी पर्यटन सूचना केन्द्रमा प्राप्त हुने विश्वास व्यक्त गरे।

पर्यटन विभागका महानिर्देशक रुद्रसिहं तामाङले भवनको उचित प्रयोग गरी पर्यटन सम्बन्धी सूचनाका लागि उपयोगी बनाउन आग्रह गरे।

उनले नयाँ नयाँ ठाउँमा पनि पर्यटन सूचना केन्द्र बनाउन अध्ययन थालिएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .