ad ad

राजनीति


चीनसँग गोप्य सैन्य सम्झौता भएको छैनः कम्बोडिया

चीनसँग गोप्य सैन्य सम्झौता भएको छैनः कम्बोडिया

नेपालखबर
साउन ६, २०७६ सोमबार ८:३२,

कम्बोडियाले आफ्नो दक्षिणपश्चिमी प्रान्त प्रेह सिनउकमा रहेको एक सैनिक बेस क्याम्प चिनियाँ सशस्त्र सैनिकलाई पनि प्रयोग गर्न दिनेगरी चीनसँग गोप्य सम्झौता गरेको भनी हालै अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा समाचार प्रकाशन भएको थियो।

तर त्यो समाचारमा कुनै सत्यता नरहेको प्रधानमन्त्री हुन सेनले फ्रेस न्युज नामक एक समाचार समितिलाई दिएको अन्तर्वार्तामा बताएका छन्।

आफूले चीनसँग सैन्य विषयमा कुनै पनि सम्झौता नगरेको र सो समाचार भ्रामक र झूठो रहेको बताउँदै उनले भनेका छन्,‘यो एकदमै भ्रामक समाचार हो, कम्बोडियामा कुनै पनि विदेशी सैनिक क्याम्प रहने छैनन् र यो कम्बोडियाको संविधानमा नै बर्जित छ।’

‘त्यो समाचार कम्बोडियाको पूर्णतः विरोधमा छ, त्यस्तो कुनै सम्झौता हामीले गरेका छैनौँ। हामीलाई हाम्रो देशमा चिनियाँ सैनिकको उपस्थिति किन चाहियो?’ उनले प्रश्न गरेका छन्।

प्रधानमन्त्री हुन सेनका अनुसार कम्बोडियाले चीनको आवश्यकता महसुस गरेको छैन र यस विषयमा चीनका नेताहरुसँग पनि कुरा भएकै छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .