ad ad

राजनीति


भैंसेपाटीमा ओलीले वामदेवसँग २ घण्टा वार्ता गरे, परिवारसँग फोटो लिए

भैंसेपाटीमा ओलीले वामदेवसँग २ घण्टा वार्ता गरे, परिवारसँग फोटो लिए

नेपालखबर
साउन १३, २०७७ मंगलबार १५:४४,

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवादको विषयमा उपाध्यक्ष वामदेव गौतमसँग दुई घण्टा छलफल गरेका छन्।

महासचिव विष्णु पौडेलसहित साँझ सात बजे ललितपुरको भैँसेपाटीस्थित गौतम निवास पुगेका प्रधानन्त्री ओली नौ बजे बाहिरिएका थिए। त्यसपछि गौतम र पौडेलबीच छलफल भएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले बताए।

संकटमा परेका प्रधानमन्त्री ओली गौतमको समर्थन खोज्दै उनको निवास पुगेका हुन्।

Oli Bamdev
भैंसेपाटीमा वामदेव गौतमको परिवारसँग प्रधानमन्त्री केपी ओली र पत्नी राधिका शाक्य

नेकपाको मंगलबारका लागि तय भएको बैठक ओलीले आधा घण्टाअघि एकतर्फी रुपमा स्थगित गरेका थिए।

त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षीय नेताहरु बालुवाटारमै गई बहुमत स्थायी समिति सदस्यहरुको बैठक बसेको थियो।

आफूले बैठक स्थगित गर्दागर्दै बालुवाटारमै बहुमत सदस्यको बैठक राखेपछि तीव्र दबाबमा परेका ओली गौतमको साथ खोज्दै उनकै निवास पुगेका हुन्।

उपाध्यक्ष गौतमले सहमतिका लागि भन्दै मंगलबार नै ६ बुँदे प्रस्ताव अघि सारेका थिए। जसमा ओलीलाई अहिलेको प्रतिनिधिसभाको पूरै कार्यकाल प्रधानमन्त्री बनाउने र महाधिवेशनसम्म पार्टी अध्यक्षबाट नहटाउने प्रस्ताव उनले राखेका छन्।

तर उनले पार्टी सञ्चालनतर्फ कार्यकारी प्रचण्डलाई एकता महाधिवेसनसम्म सम्पूर्ण कार्यकारी अध्यक्षसहितको जिम्मेवारी दिने प्रस्ताव गरेका छन्।

उपाध्यक्ष गौतमको सो प्रस्तावालाई ओली पक्षले भने सकारात्मक रुपमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .