दार्चुलाको दुहुँ गाउँपालिका ३ स्थित खेती भन्ने स्थानमा पहिरोले घर बगाउँदा बेपत्ता दम्पतीको शव फेला परेको छ।
पहिरो आउँदा घर भित्र रहेका ५० वर्षीय रामदत्त जोशी र उनकी श्रीमती ४५ वर्षीया इन्द्रा जोशी घर भित्रै पुरिएका थिए।
सशस्त्र प्रहरी टोलीले उद्धारका क्रममा उनीहरुको शव फेला पारेको हो। प्रहरी बल, नेपाल नम्बर ५० गुल्म दार्चुलाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पहिरोले पुरिएका दुवै जनाको शव फेला पारेको एपीएफले जनाएको छ।
पहिरो जाने क्रममा घरमै रहेका २१ वर्षीय छाेरा सुनिलले भागेर ज्यान जोगाएका थिए भने उनकी बहिनी आफन्तकोमा गएकोले बचेकी थिइन्।
प्रतिक्रिया