ad ad

राजनीति


भारत-चीन झडप: शुक्रबारको सर्वदलीय बैठकमा मोदीले के-के भने? (९ बुँदामा)

भारत-चीन झडप: शुक्रबारको सर्वदलीय बैठकमा मोदीले के-के भने? (९ बुँदामा)

नेपालखबर
असार ६, २०७७ शनिबार १३:९,

चीनसँग सीमामा भएकाे झडपबारे शुक्रबार सम्पन्न भारतको सर्वदलीय बैठकमा प्रधानमन्त्री नरेन्द्र मोदीले के के भने भन्ने विषयमा भारतीय प्रधानमन्त्री कार्यालयले शनिबार जानकारी गराएको छ।

भारतीय प्रधानमन्त्रीको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मोदीले सर्वदलीय बैठकमा व्यक्त गरेका धारणालाई केही वृत्तमा तोडमरोड गरी व्याख्या गरिएको दाबी गरिएको छ।

विज्ञप्तिमा भनिएको छ– प्रधानमन्त्री मोदीले स्पष्टसँग भनेका छन् कि भारत–चीन लाइन अफ एक्चुअल कन्ट्रोल अर्थात् सीमाको वास्तविक नियन्त्रण रेखा कसैले बदल्न खोज्छ भने भारतले त्यसको कडा विरोध गर्छ।

विज्ञप्तिअनुसार शुक्रबारको सर्वदलीय बैठकमा मोदीले भनेका कुरा यस्ता छन्ः

१. प्रधानमन्त्रीले के कुरामा जोड दिए भने यसअघि यस किसिमको चुनौतीलाई नजरअन्दाज गरिएको थियो। तर भारतीय सुरक्षा बलले सीमाको वास्तविक नियन्त्रण रेखा उल्लंघनको विरोध गर्छ, त्यस्तो गर्नेलाई रोक्छ, छेक्छ।

२. सर्वदलीय बैठकमा उनले के जानकारी दिए भने त्यस दिन (सोमबार राति) लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) नजिक ठूलो संख्यामा चिनियाँ सुरक्षाकर्मी आए, जसको जवाफ हाम्रा सेनाले दिइरहे।

३. प्रधानमन्त्री मोदीले भने– जुन १५ का दिन गलवान उपत्यकामा यसकारण हिंसात्मक झडप भयो कि चिनियाँ सेनाले एलएसी अर्थात् सीमा क्षेत्रमा केही भौतिक संरचना निर्माण गर्न खोजे, जसलाई हाम्रा सैनिकले रोके। त्यस क्रममा झडप भयो र भारतका २० सैनिकको निधन भयो। उनीहरूको बहादुरी र देशभक्तिलाई प्रधानमन्त्री मोदीले सलाम गरे।

४. प्रधानमन्त्रीले एलएसी अर्थात् भारतीय सीमामा कुनै चिनियाँ सेना प्रवेश गरेका छैनन् भन्नुकाे अर्थ के हो भने हाम्रो सैनिकले बहादुरी देखाएका कारण त्याे सम्भव भएकाे हाे। त्यस दिन बिहार रेजिमेन्टका १६ सैनिकले चिनियाँ सैनिकले सीमामा गर्न खोजेको निर्माण असफल बनाइदिए।

याे पनि: मोदीले भनेः चिनियाँ सेना भारतीय भूमिमा प्रवेश गरेका छैनन्

५. प्रधानमन्त्रीका शब्दमा ती साहसी सैनिक जसले हाम्रो देशको सीमा मिच्ने प्रयासलाई असफल पारिदिएका छन्, मिच्न खोज्नेलाई उचित जवाफ दिएका छन्। प्रधानमन्त्रीले जोड दिँदै भने– हाम्रा सेनाले देशको सीमा रक्षाका लागि कुनै कसर बाँकी राखेनन्।

६. भारतको नक्सामा स्ष्टसँग सीमा देखाइएको छ र त्यसको रक्षाका लागि भारत प्रतिबद्ध छ।

७. सर्वदलीय बैठक के पनि भनियो भने बितेका ६० वर्षमा परिस्थितिवश ४३ हजार वर्गकिलोमिटर भूभाग देशको हातबाट फुत्क्यो यो कुरा राम्रोसँग जानकारी छ।

८. यो कुरालाई कसरी बुझ्न जरुरी छ भने भारत सरकार सीमामा एकतर्फी ढंगले गर्न खोजिने कुनै पनि परिवर्तन सहनेवाला छैन।

९. एकातिर देशका बहादुर सैनिक सीमा रक्षाका लागि भिडिरहेका छन्, तर अर्कातिर दुर्भाग्य के छ भने यस विषयमा अनावश्यक विवाद झिकिएको छ, जसले सैनिकको मनोबल घटाउनेछ। बीबीसी

याे पनि:  हिंस्रक झडपपछि चीनको पहिलो औपचारिक प्रतिक्रियाः भारतीय सेनाले जानीजानी उत्तेजित गरे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .