ad ad

समाज


सुदूरपश्चिममा थप ६९ सहित एकैदिन १६३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या हजारनजिक

सुदूरपश्चिममा थप ६९ सहित एकैदिन १६३ जनामा कोरोना पुष्टि, संक्रमित संख्या हजारनजिक

गोकुल जोशी
असार ६, २०७७ शनिबार १३:२१,

सुदूरपश्चिममा शनिबार थप ६९ सहित एकैदिन १६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

कैलालीको सेती प्रादेशिक अस्पतालका गरिएको परीक्षणमा शनिबार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। यो स्वास्थ्य मन्त्रालयले सवा ४ बजे गरेको प्रेस ब्रिफिङपछि थपिएका संक्रमितको संख्या हो।

यसअघि शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका २७, कैलालीका २४, डोटीका ११, अछाम, बैतडी र बझाङका दुई÷दुई र कञ्चनपुरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

डडेल्धुराका ४ महिला, एक १४ महिने बालकसहित २२ पुरुष, कैलालीका २ महिला र २२ पुरुष, डोटीका ४ महिला, ६ महिने बालकसहित ७ पुरुष, अछाम र बझाङका दुई÷दुई पुरुष, बैतडीका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको अस्पताललले जनाएको छ।

यसअघि शनिबार नै सुदूरपश्चिममा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा डोटीका ९ महिला र ५२ पुरुष गरी ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका ५ महिला र ७ पुरुष गरी १२ जना र कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।

यस्तै शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले बताए। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित संखया ९३३ पुगेको छ। ती मध्ये चार जनाको मृत्यु भएको छ भने १२४ जना उपचार पछि अस्पतालबाट घर फर्किएका छन् ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .