ad ad

राजनीति


सांसद सरिता गिरीद्वारा आफूबिरुद्धको भनाई संसद रेकर्डबाट हटाउन माग

सांसद सरिता गिरीद्वारा आफूबिरुद्धको भनाई संसद रेकर्डबाट हटाउन माग

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ८:११,

समाजवादी पार्टीकी सांसद सरिता गिरीले सांसदबाट आफ्नाविरुद्ध सदनमा अभिव्यक्त दिएकाे भन्दै त्याे भनाईलाई संसदीय रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय मागेर बोल्दै उनले जेष्ठ १९ गतेको संसदको बैठकमा आफ्नो अनुपस्थितिमा एक सदस्यले दिएको अभिव्यक्ति संसदीय गरिमा र मर्यादा विपरित रहेको दाबी गर्दै रेकर्डबाट हटाउन माग गरेकी हुन्।

गिरीले सो अभिव्यक्तिलाई आधार मानेर कानुनी कारवाही अघि बढाउन सरकार र गृहमन्त्रालयको समेत ध्यानाकर्षण गराइन्।

नाम उल्लेख नगरी सांसद गिरीले ती सांसदले दिएको अभिव्यक्तिलार्ई “घृणाको मन्तव्य” को संज्ञा दिइन्।

“जेष्ठ १९ गतेको दिन म संसदमा अनुपस्थित थिए। मेरो अनुपस्थितिमा संसदका एक माननीय जीले जुन मन्तव्य दिनुभयो त्यसलाई घृणाका मन्तव्य भनिन्छ। अंग्रेजीमा यसलाई हेटस्पीच भनिन्छ। किन कि उहाँले रगत उम्लने कुरा गर्नुभयो। मेरो पदको मर्यादा नभएको भए मैले भौतिक रुपमा पनि आक्रमण गर्नसक्थेँ साथै भारतीय चेली नेपालको संसदमा आएर दादागिरी गरेको भन्नुभयो। म त्यस्तो भाषा प्रयोग गर्दिन,’ गिरीले भनिन्, ‘म प्रेमपुर्ण ढंगले आफ्नो भनाई राख्छु। म प्रेम, सद्भावका साथ यो आग्रह गर्न चाहन्छु कि यो मन्तव्यको रेकर्ड गरी नेपालको कानुन अनुसार हेट स्पीच कानुनी कारवाहीका लागि पर्याप्त हुन्छ। त्यसैले कानुनी प्रक्रिया अघि बढाउन म सरकार र गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु।”

त्यसपछि सांसद अमृता देवी अग्रहरीले सांसद गिरीको पक्षमा मन्तव्य राख्दै गंगा चौधरीले आफ्नो अभिव्यक्तिप्रति माफि माग्नुपर्ने बताइन्।

“१९ गतेको बैठकमा माननीय गंगा चौथरीलेले प्रयोग गर्नुभएको शब्द प्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकषर्ण भएको छ,’ अग्रहरीले भनिन्, ‘माननीय गगां चौधरीले माफि माग्नुपर्छ।”

अग्रहरीले हिन्दी भाषामा बोल्ने आफूहरुमाथि भेदभाव गरिदै आएको आरोप पनि लगाइन्।

सांसद अग्रहरीले बोल्दै गर्दा सत्तारुढ दलका सांसदहरुले संसदीय मर्यादाविपरित अर्का सांसदकाे नाम नै किटान गरेर अभिव्यक्ति दिईएको भन्दै आपत्ती जनाएका थिए।

जेठ १९ गतेको प्रतिनिधिसभा बैठकको शून्य समयमासांसद गंगा चौधरी सद्गौवाले भारतबाट अतिक्रमित नेपाली भूमिका विषयमा दिएको अभिव्यक्तिलाई लिएर सांसद गिरी र अग्रहरीले आपत्ती जनाएका हुन्।

सांसद सद्गौवाले अनुदानसंग जमिन स्वमिमान र राष्ट्रियता साट्न नमिल्ने बताएकी थिइन्।

‘नेपालमाथि भारतको दादागिरी नभएको, नमिचिएको ठाउँ छैन। नहेपिएको गाउँ छैन। भन्दा भन्दै भारतीय चेलीहरुको सदनभित्र पनि दादागिरी चल्न थाल्यो। भूमि मिचाहासंग सल्लाह छलफल गर्नुपर्यो रे,’ उनले भनेकी थिइन्, ‘आफ्नो जमिन मेरो हो भन्न पनि मेरो देशको भूमि मिचाहासंग सोध्नुपर्ने? यो कस्तो बिडम्बना सभामुख महोदय ? जब यो देशका प्रधानमन्त्री एउटा सपना योजना फ्याक्छन् अनि रअ का एजेण्टहरु १५ दिनसम्म घाईते हुन्छन्। अनि सपनाको विरुद्धमा सम्पुर्ण शक्ति लगाएर बुरुक्क बुरुक्क उफ्रन थाल्छन्।”

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .