ad ad

समाज


कैलालीमा ५० शय्याको कोरोना अस्पताल सञ्चालनमा आयो, कञ्चनपुरमा निर्माण नै पूरा भएन

कैलालीमा ५० शय्याको कोरोना अस्पताल सञ्चालनमा आयो, कञ्चनपुरमा निर्माण नै पूरा भएन

गोकुल जोशी
जेठ २३, २०७७ शुक्रबार ८:१७,

कैलालीको धनगढीमा निर्माण भएको ५० शय्याको कोरोना अस्पताल सञ्चालनमा आएको छ।

कैलाली र कञ्चनपुरमा कोरोना विशेष अस्पताल भरिभराउ भए पछि बिरामीलाई व्यवस्थापन गर्न सो अस्पताल सञ्चालनमा ल्याइएको हो। तर, यता कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भइरहेको ५० शय्याको कोरोना अस्पताल भने अझै निर्माण सकिएको छैन।

ठेकेदारको लापरबाहीले अस्पताल परिसरमा निर्माणाधीन ५० शय्याको कोरोना अस्पताल निर्माणमा ढिलाइ भइरहेको छ।

सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त एक करोड रुपैयाँको लागत निर्माण गर्न लागिएको कोरोना अस्पताल ७ जेठमा सक्ने सम्झौता भए पनि ठेकेदारको लापरबाहीले गर्दा निर्माण कार्य अधुरै रहेको अस्पतालले जनाएको छ।

६ चैतमा आइसोलेसन भवन निर्माणका लागि ९२ लाख ५४ हजारमा ठेक्का पाएको विपिन विल्डर्सले विभिन्न बहाना र समस्या देखाएर भवन निर्माणमा ढिलाई गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताए। यो कोरोना अस्पताल सञ्चालनमा आउन अझै समस्या लाग्ने देखिएको छ। महाकाली अस्पतालको आइसोलेसन संक्रमितले भरिभराउ छ।

२० बेड क्षेमताको अस्पतालको आइसोलेसनमा अहिले कैलालीका ७ र कञ्चनपुरका ८ गरी १५ जना छन्। आइसोलेसन अभावकै कारण आरडीटी पोजेटिभ देखिएका सयौँ जनालाई अहिले अस्पताल ल्याउन सकिएको छैन्। उनीहरुलाई सम्बन्धित ठाउँकै क्वारेन्टिनमा राखिएको छ।

यही अवस्थामा कोरोना संक्रमित थपिएमा उनीहरुलाई राख्न समस्या हुने अनुमान गरिएको छ। यद्यपी अबका संक्रमितलाई महेन्द्रनगरस्थित सेफर हस्पिटलमा राख्ने तयारी भइरहेको छ।

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत २६ जना बिरामीलाई नयाँ सञ्चालनमा आएको कोरोना अस्पतालमा राखिएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा स्वास्थ्य कार्यालय कैलालीले निर्माण गरेको कोरोना अस्पतालबाट बिहीबारदेखि सेवा सुरु गरिएको हो। विद्युत थ्री फेज लाइन, जेनेरेटर, खानेपानी, भेन्टिलेटरसहित ५ शय्याको आईसीयू, अक्सिजन सप्लाइ, सिसी टिभीलगायतका आवश्यक पूर्वाधार उपकरण जडान गर्दै सेवा सञ्चालन गरिएको जनाएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .