ad ad

राजनीति


रुकुम हत्याकाण्ड छानबिन गर्न बन्ने भाे संसदीय समिति

रुकुम हत्याकाण्ड छानबिन गर्न बन्ने भाे संसदीय समिति

नेपालखबर
जेठ २३, २०७७ शुक्रबार ६:१८,

रुकुम चाैरजहारीमा भएकाे हत्याकाण्ड छानबिन गर्न संसदीय विशेष समिति गठन गरिने भएकाे छ। 

शुक्रबार बसेको संसदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले घटना छानबिनका लागि संसदीय विशेष समिति गठन गरिने घोषणा गरेका हुन्। 

कथित उच्च जातकी आफ्नी प्रेमिकाले बोलाएपछि यही जेठ १० गते रुकुम चौरजहारी पुगेका जाजरकोटका नवराज विकसहित उनका ५ साथीको निर्मम ढंगले हत्या गरिएको थियो।

‘सानो’ जाति भएर ‘ठूला’ जातकी छोरीसँग प्रेम गरेको भन्दै केटीका आमाबाबु, चौरजहारी–८ का वडाध्यक्ष डम्मरबहादुर मल्लसहित गाउँले नै उल्टिएर उनीहरूलाई आक्रमण गरेका थिए। घटना अनुसन्धानका लागि वडाध्यक्ष, केटीका बुबाआमासहित १८ जना अहिले हिरासतमा छन्।

घटनाविरुद्ध दलितलगायत न्यायप्रेमी गैरदलितले देशभर विरोध प्रदर्शन गर्दै घटनाको सत्यतथ्य छानबिन गरी अपराधीहरूलाई हदैसम्मको कारबाही गर्न सरकारलाई दबाब दिइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .