सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ।
शुक्रबार डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का १७ वर्षीय र ३८ वर्षीय पुरुष, गन्यापधुरा गाउँपालिका–२ का १९, २४ र ५७ वर्षीय पुरुष तथा कैलालीको जानकी गाउँपालिका–७ का १६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।
योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ जना पुगेको छ। ती मध्ये ७ जना निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ।
प्रतिक्रिया