ad ad

राजनीति


लिम्पियाधुरा, लिपुलेक हाम्रो भूमि हो, फिर्ता लिने अठोटका साथ नक्सा जारी गरेका हौँ : प्रधानमन्त्री

 लिम्पियाधुरा, लिपुलेक हाम्रो भूमि हो, फिर्ता लिने अठोटका साथ नक्सा जारी गरेका हौँ : प्रधानमन्त्री

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ७:४१,

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा देखाउनका लागि जारी गरिएको नभई नेपाली भूमि फिर्ता ल्याउनका लागि जारी गरिएको बताएका छन् ।

प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले नेपालको भूमि फिर्ता लिन अठोटका साथ नक्सा जारी गरेको बताए।

‘अब लिम्पियाधुरा, लिपुलेक कालापानीको विषय ओझेल पर्न वा सेलाउन दिइने छैन, यसको निष्कर्ष निकालिन्छ’, उनले भने, ‘यो हाम्रो भू–भाग हामी फिर्ता लिएर छाड्छौँ, फिर्ता लिने अठोटका साथ नक्सा सार्वजनिक गरेका हौँ।’

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा पनि यसलाई समेटिएको र कूटनीतिक प्रयासमार्फत नै यसको हल गर्ने बताए।

प्रधानमन्त्री ओलीले यो तथाकथित राष्ट्रवाद देखाउनका लागि नगरिएको बताए। ‘यो कुनै तमासा गरिएको होइन्, देखाउवा गरियो होइन’, उनले भने, ‘यो यथार्थमा फिर्ता लिन गरिएको हो, हाम्रो् भूभाग हो, हामी फिर्ता लिन्छौँ।’

उनले सोमबार नक्सा पास गरिएको र एकदुई दिनमा प्रकाशित हुने बताए।

‘यस सदनमा संविधानको अनुसूची ३, जहाँ हाम्रो प्रतीक चिन्ह छ, त्यो संशोधन गर्न संविधान संशोधनको एउटा बुँदा प्स्तुत गरिने छ’, प्रधानमनत्री ओलीले भने् ‘अन्य विषय पनि हुन सक्छन्, अरु विषयको सम्बन्धमा हामी भोलि फेरि छलफल र संविधान संशोधन गर्न सक्छौँ।’

उनले सबै विषयभन्दा बढी महत्वको वार्ता, नक्सा र भूमि फिर्तासँग सम्बन्धित विषय भएका कारण तत्कालका लागि जरुरी भएका कारण संशोधन प्रस्ताव सदनमा आउने र पारित हुनेमा आफू विस्वस्त रहेको बताए। उनले यति गरेपछि वार्ताका लागि आफ्नो तर्फबाटको सम्पूर्ण तयारी पूरा हुने बताए।

‘भूमिको विषयमा संविधान संशोधनको विषय सदनमा आउनेछ र यो संसदले पास गर्नेछ। हाम्रो तर्फबाट दुविधारहित ढंगले जाने कुरा हुन्छ’, उनले भने, ‘म ठान्छु संविधानको अनुसूची तीन नेपालको नक्सा अंकित छ, त्यो संसदले पारित गरेका दिन देशमा दीपावली हुनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .