ad ad

राजनीति


‘पर्ख र हेर’को नीति अपनाउँदा अन्तिम समयमा एसईई रोक्नुपर्‍यो : मन्त्री खतिवडा

‘पर्ख र हेर’को नीति अपनाउँदा अन्तिम समयमा एसईई रोक्नुपर्‍यो : मन्त्री खतिवडा

नेपालखबर
चैत ६, २०७६ बिहिबार ११:५,

अर्थमन्त्री डा. युवराज खतिवडाले ‘पर्ख र हेर’को नीति अपनाउँदा एसईई परीक्षा अन्तिम समयमा आएर स्थगित गर्नुपरेको स्पष्टीकरण दिएका छन्।

उनले डब्ल्यूएचओको चेतावनी, अभिभावकको र नागरिकस समाजको आग्रहका कारण एसईई स्थगित गरिएको बताएका हुन्। म‌ंगलबार डब्ल्यूएचओ दक्षिण पूर्वीएसियाकी क्षेत्रीय निर्देशक डा। पुनम खेत्रपाल सिंहले कोरोना भाइरस (कोभिड १९) को महामारी अब नेपालसहित दक्षिण पूर्वी एसिया क्षेत्रमा फैलिन सक्ने भन्दै चेतावनी दिएकी थिइन्।

मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मलनमा उनले यस्तो बताएका हुन्। ‘विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एशियाको निर्देशकले संक्रमण दक्षिणपूर्वी एशिया र नेपालमा पनि प्रभाव पर्न सक्छ भनेको हामीले सुन्यौँ, हाम्रा अभिभावकहरुले पनि विद्यार्थीहरुले जोखिममा किन राख्ने भनेर दबाब दिएको विषय पनि हामीले मनन गर्‍यौँ, नागरिक समाजका प्रवुद्ध व्यक्तिहरुले पनि सरकारले केही दिन परीक्षा पर सार्दा के गुमाउथ्यो भन्नु भयो’, उनले भने, ‘धेरै चासोको विषय भयो, जोखिममा विद्यार्थीहरुलाई किन राख्ने? २५÷३० जना विद्यार्थी त एउटा कक्षामा जम्मा हुन्छन् नै। ठीक छ अहिले केही समयका लागि स्थगित गरौँ भनेर गरेको हो।’

उनले परीक्षा स्थगित भए पनि शैक्षिक क्यालेन्डर नबिग्रने गरी सरकारले व्यवस्थापन गर्न सक्ने उनको भनाइ थियो।

 उनले कोरोनाको संक्रमणबाट बच्न सरकारका साथै नागरिकहरुले पनि आ–आफ्नो स्थानबाट तयारी गर्नुपर्ने बताए। नेपालमा अहिलेसम्म कोरोनाको कुनै प्रभाव नपरेको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .