ad ad

कारोबार


हिमालयन डिस्टिलरीको ३१ करोडको सेयर काराेबार

हिमालयन डिस्टिलरीको ३१ करोडको सेयर काराेबार

नेपालखबर
चैत ६, २०७६ बिहिबार ११:४,

साताको अन्तिम कारोबार दिन सेयरबजार हरियो भएको छ। कारोबार मापक नेप्से सूचक १३.५० अंकले र ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक २.०३ अंकले बढेको हो।

आज सेयरबजारमा १ अर्ब ९० करोडको कुल कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। कुल १ सय ७३ कम्पनीको कारोबार भएकामा आज ५१ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा १८ हजार ७ सय ९२ पटक कारोबार भएको थियो।

कारोबारमा सहभागी १२ समूहमध्ये वाणिज्य बैंक, ऊर्जा, निर्जीवन बीमा, जीवन बीमा, म्युचुअल फन्ड, अन्य र माइक्रोफाइनान्स समूहको सूचक हरियो हुँदा व्यापार, होटल, विकास बैंक, फाइनान्स, उत्पादनको सूचक घटेको छ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी अगाडि छ। कम्पनीको ३१ करोडको सेयर कारोबार भएको छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ११ करोडको, एनआईसी एसिया बैंकको ९ करोड ६५ लाखको, एनएमबी बैंकको ७ करोड १८ लाखको, नेपाल बैंकको ४ करोड ९२ लाखको कारोबार भएको छ।

आज जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयर ९.९६ प्रतिशतले बढ्दा लगानीकर्ताले १ सय ५६ रुपैयाँ कमाएका छन्। राधी विद्युत् कम्पनीको पनि ९.५५ प्रतिशतले सेयर बढेको छ। यी बाहेक अन्यको सामान्य वृद्धि भएको छ। त्यस्तै आज गुमाउने कम्पनीहरुमध्ये एउटाले ९.५२ प्रतिशत सर्वाधिक घाटा व्यहोर्दा अन्य कम्पनीको सेयर पनि केही गिरावट आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .