ad ad

समाज


हङकङमा विदेशबाट फर्कनेले क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू

हङकङमा विदेशबाट फर्कनेले क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू

नेपालखबर
चैत ६, २०७६ बिहिबार ११:१४,

सरकारले दुई दिन अगाडि मात्र विदेशबाट फर्कने सबै नागरिकलाई दुईहप्ता क्वारेन्टाइनमा राख्ने घोषणा गरेको थियो।

आज बिहीबारदेखि उक्त नियम लागू भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। यसबैबीच बिहीबार विदेशबाट फर्किएका सबैलाई क्वारेन्टाइनमा राख्न अगाडि डिजिटल रिस्टब्यान्ड ‘हातेफिता’ प्रदान गरिएको जनाइएको छ।

उक्त हातेफिताले उनीहरुको गतिविधिलाई नियाल्न मद्दत गर्नेछ। क्वारेन्टाइमा राखिएका मानिसहरु भाग्न थालेपछि क्वारेन्टाइनमा बसेका सबैलाई डिजिटल रिस्टब्यान्ड उपलब्ध गराइने हङकङले जनाएको छ।

हङकङमा बिहीबारदेखि विदेशबाट फर्किएकालाई अनिवार्य क्वारेन्टाइनमा राखिने भएपछि हङकङका ८ होटलले क्वारेन्टाइनको लागि हजारवटा कोटा उपलब्ध गराएका छन्।

 कोरोना भाइरस विश्वव्यापी बन्दै जाँदा हङकङमा बिहीबार १६ जना कोरोना संक्रमित भेटिएका छन्।

यससँगै यहाँ कोरोना भाइरस ‘कोभिड–१९’ बाट संक्रमित हुनेको संख्या २ सय ८ पुगेको छ। हालसम्म हङकङमा चार जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .