ad ad

राजनीति


प्रधानमन्त्रीको डिस्चार्ज जुन दिन गर्ने हो त्यही दिन मात्रै जानकारी दिन्छौँ : कार्यकारी निर्देशक खड्गा

प्रधानमन्त्रीको डिस्चार्ज जुन दिन गर्ने हो त्यही दिन मात्रै जानकारी दिन्छौँ : कार्यकारी निर्देशक खड्गा

नेपालखबर
फागुन २६, २०७६ सोमबार ११:४,

त्रिवि शिक्षण अस्पताल महारजगञ्जले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको बताएको छ।

गत बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकार दिँदै अहिले नियमित खानपान, हिँडडुल र व्यायमलाई निरन्तरता दिएको अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राडा प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको स्वस्थ्य अवस्थामा राम्रो सुधार भए पनि डिस्चार्जबारे कुनै निर्णय नभएको बताए।

‘प्रधानमन्त्रीको नियमित चेकअप भइरहेको छ’ कार्यकारी निर्दैशक प्राडा खड्गाले भने, ‘जुनदिन डिस्चार्ज गर्ने हो, त्यतिबेलै डिसाइड गर्छाैँ र जानकारी दिन्छौँ। अहिले नै कहिले गर्ने भन्ने छैन।’

उनले प्रधानमन्त्रीलाई उपचारमा संलग्न डाक्टरहरुले मात्रै भेटघाट गरिरहेको र त्यसबाहेक अरु कसैलाई पनि भेटघाट गर्न नदिइएको जानकारी दिए। ‘उहाँको उपचारमा संलग्न चिकित्सकबाहेक अरु कसैलाई भेट्न दिइएको छैन’, उनले भने। उनले आफ्नो कक्ष नजिकै शुभकामना कक्ष राखिएको र भेटघाट गर्न आउने अन्य व्यक्तिहरुले त्यहीबाट शुभकामना दिएर फर्कने जानकारी दिए। प्रधानमन्त्रीको उपचार खर्चका बारेमा पत्रकारले सोधको प्रश्नमा कार्यकारी निर्देशक खड्काले यसबारे केहीदिनपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने बताए।

प्रधानमन्त्री ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि गत सोमबार अस्पताल भर्ना भएका थिए। उनको बुधबार मिर्गौला प्रत्ष्यारोपण गरिएको हो। १२ वर्षअघि उनको भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

उनलाई भान्जी समीक्ष संग्रौलाले मिर्गौला दिएकी हुन्। प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षाको स्वास्थ्य अवस्था पनि राम्रो रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .