पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु जोखिमबाट नेपाललाई सुरक्षित गर्न विश्व समुदायलाई अपील गरेका छन्।
शुक्रबार सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपोखरी फुटेर बाढीले ठूलो धनजनको क्षति भएको छ र तटीय क्षेत्रमा मानवीय जोखिम उत्पन्न गराको भन्दै उनले अन्तर्राष्ट्रिय सहयोगको दायरा गुणात्मक रूपले बढाउन समेत आग्रह गरेका छन्।
‘हिजो मात्र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा हिमपोखरी फुटेर बाढीले ठूलो धनजनको क्षति भएको छ र तटीय क्षेत्रमा मानवीय जोखिम उत्पन्न गराएको छ,’ प्रचण्डले समाजिक संजालमार्फत भनेका छन्, ‘नेपाल सरकारलाई उद्दार र राहतमा कमी हुन नदिन आग्रह गर्दै विश्व समुदायलाई जलवायु जोखिमबाट नेपाललाई सुरक्षित गर्न अन्तर्राष्ट्रिय सहयोगको दायरा गुणात्मक रूपले बढाउन पुनः अपील गर्दछु।’
जलवायु परिवर्तनको नकारात्मक असरले गर्दा पर्वतीय देशहरूको मानवीय जीवन बहुआयमिक जोखिममा पर्दै गएको भन्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा जलवायु न्यायको कुरा गरेको स्मरण गरेका छन्। उनले भनेका छन्, ‘मैले संयुक्त राष्ट्रसंघको महासभादेखि कोप–२८ सम्म जलवायु न्यायको कुरा गरेको थिएँ। नेपालजस्ता देशहरूले हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौं।’
Shares
प्रतिक्रिया