ad ad

राजनीति


१६ देशका राजदूत अनुमोदनको निर्णयमा दुई सांसदको फरक मत

१६ देशका राजदूत अनुमोदनको निर्णयमा दुई सांसदको फरक मत

नेपालखबर
असोज ३, २०८१ बिहिबार १५:१८, काठमाडौँ

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेका १६ देशका राजदूतमा दुई सांसदले फरक मत राखेका छन्। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका राजदूतको नाम अनुमोदन गरेको थियो। 

उक्त बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्याल र जसपा सांसद प्रकाश अधिकारीले फरक मत राखेका हुन्। 

सांसद अर्यालले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा कपिलमान श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित र मलेसियाका नेत्रप्रसाद तिम्सिनामा उच्च नैतिक चरित्र नभएकाले उनीहरूलाई राजदूतमा नियुक्त गर्न नहुने प्रस्ताव राखेका थिए। 

उनीहरूविरुद्ध समितिमा उजुरी पनि परेको थियो। 

त्यस्तै, जसपा नेपालका सांसद अधिकारीले भारतका लागि राजदूतमा सिफारिस डा. शंकर शर्मा, दक्षिण अफ्रिकाका कपिलमान श्रेष्ठ, इजरायलका धनप्रसाद पण्डित अयोग्य रहेको बताएका थिए।

श्रीलंकाका लागि सिफारिस राजदूत रामकृष्ण भट्टराईको भने नाम अनुमोदन भएको छैन। 

शैक्षिक प्रमाणपत्र पेस नगरेकाले उनको नाम अनुमोदन नभएको समिति सदस्य भगवती न्यौपानेले नेपालखबरलाई बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .