ad ad

राजनीति


अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन : राष्ट्रपति

अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन : राष्ट्रपति

नेपालखबर
असोज ३, २०८१ बिहिबार १८:३०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले अहिले देशप्रति नकारात्मक टिप्पणी गर्ने समय नभएको बताएका छन्।

बिहीबार शितल निवासमा आयोजित संविधान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निराश बन्ने समय नभएको बताएका हुन्। 

अहिलेको समय एकतावद्ध हुने, आफैँप्रति विश्वस्त हुने समय भएको बताउँदै उनले आफैँभित्र आशाको दियो बाल्नुपर्ने बताए।

‘आज हामीले ध्यान दिनुपर्ने अर्को महत्वपूर्ण विषय भएको छ, बेथिति र अनियमितताको अन्त्य। बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाउने चिन्ता सर्वत्र भइरहेको छ। यसबाट नागरिकको भरोसा नडग्मगाओस् भनेर अब पनि हामीले नसोच्ने हो भने कहिले सोच्ने त? यो भरोसालाई पुनःस्थापित नगरी न त हामी संविधानका लक्ष्यहरु प्राप्त गर्नसक्छौँ, न त राजनीतिक परिवर्तनले परिणाम दिन्छ,’ राष्ट्रपति पौडेलले भने।

उनले बेथिति र अनियमितताले हाम्रो राज्यका प्रत्येक अंगहरुलाई विश्वासहिन बनाएको बताउँदै राष्ट्रपति पौडेलले भ्रष्टाचारमा शुन्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्ने उल्लेख गरे।

‘आजका दिनमा हामीले भ्रष्टाचारमा शुन्य सहनशिलतालाई कडाईका साथ कार्यान्वयन गर्न संकल्प गर्नुपर्छ भन्ने मलाई लाग्छ। अतः हामी उत्साह र उमंगमा संविधान दिवस मनाइरहँदा आफैँभित्र आशाको नयाँ दियो बालौँ। किनभने यो निराश बन्ने समय होइन। यो हामीबीच आरोप, प्रत्यारोप गर्ने समय होइन। यो देशप्रति नकारात्मक टिप्पणी गर्ने समय होइन। यो एकतावद्ध हुने समय हो। यो आफैँप्रति विश्वस्त हुने समय हो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .