ad ad

राजनीति


जसपा नेपालको ६७ बुँदे निर्णय : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, राजबन्दी रिहाइ (पूर्णपाठ)

जसपा नेपालको ६७ बुँदे निर्णय : प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, राजबन्दी रिहाइ (पूर्णपाठ)

नेपालखबर
भदौ १, २०८१ शनिबार १५:८, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठकले राजबन्दी रिहाई र मुद्दा खारेजी, संघीयता कार्यान्वयन, संविधान संशोधन लगायतका विषयमा रहेर ६७ बुँदे निर्णय गरेको छ। 

साउन २७ देखि ३० गतेसम्म बसेको बैठकले गरेका उक्त निर्णयहरूलाई अध्यक्ष उपेन्द्र यादवले पार्टीका तल्लो तहमा सर्कुलर समेत गरेको प्रचार–प्रसार विभागले जनाएको छ। 

संविधान संशोधनको विषयमा जसपा नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख/राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय न्याय प्रणाली, राष्ट्रिय/जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासन सहितको राज्यको संरचना लगायतका विषयमा संशोधन गर्नुपर्ने जनाएको छ। 

त्यस्तै, प्रदेशहरूको नामकरण हुँदा पहिचान झल्कने गरी हुनुपर्ने जसपा नेपालले निर्णय गरेको छ।

पार्टी प्रचार विभागले दिएको जानकारी अनुसार, आगामी भदौ ९ गते काठमाडौँस्थित काठमाडौँ ब्याङ्क्वेटबाट चार महिने आधारभूत संगठन निर्माण अभियान घोषणा गर्दैछन्।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले एक कार्यक्रमबीच गर्ने अभियानको उद्घाटन कार्यक्रम रहेको छ।

जसपाले आफ्ना चार सय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रुपमा पालिकामा संगठन निर्माणका लागि खटाउने निर्णय गरेको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाउने भएको छ।

केन्द्रीय समिति बैठकका निर्णयको पूर्णपाठः 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .