ad ad

राजनीति


सरकारी स्वामित्वका उद्योग राजनीतिकरणले थलियो : उद्योगमन्त्री भण्डारी

सरकारी स्वामित्वका उद्योग राजनीतिकरणले थलियो : उद्योगमन्त्री भण्डारी

नेपालखबर
भदौ १, २०८१ शनिबार १४:४५, काठमाडौँ

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारी स्वामित्वको उद्योग राजनीतिकरणले थलिएको बताएका छन्। 

शनिबार (आज) बागमती प्रदेशको राजधानी हेटौंडामा रहेका सरकारी स्वामित्वको उद्योग तथा औद्योगिक क्षेत्रहरूको अनुगमन गर्दै मन्त्री भण्डारीले सरकारी उद्योगहरू बन्द हुने तथा धरासायी बन्नुको मुख्य कारण उद्योगभित्र हुने राजनीति नै भएको बताएका हुन्।

मन्त्री भण्डारीले हेटौंडा ९ लामसुरेमा रहेको हेटौंडा सिमेन्ट उद्योग, हेटौंडा ८ मा रहेको हेटौंडा कपडा उद्योग, र हेटौंडा १४ मयूरधापमा रहेको प्रस्तावित मयूरधाप औद्योगिक क्षेत्रको निरिक्षण गर्दै मन्त्री भण्डारील यस्तो प्रतिक्रिया दिएका हुन्।

उद्योगहरूको निरिक्षण तथा अनुगमन गर्दै मन्त्री भण्डारीले सरकारी स्वामित्वमा रहेका उद्योगहरूको अवस्था निकै दयनिय बन्नु दुखद् भएको बताए।

सरकारी स्वामित्वमा रहेका उद्योगहरुमा राजनीति हाबी हुँदा उद्योगहरू बन्द हुने अवस्थामा पुगेको उनले बताए।

निजी क्षेत्रका उद्योगहरूसँगको प्रतिस्पर्धामा सरकारी उद्योगहरू लाग्न नसक्दा सरकारी स्वामित्वमा रहेका उद्योगहरु धरासायी बन्न पुगेको उनले बताए। 

‘सधैंभरी घाटामा सिमेन्ट उद्योग सञ्चालन गरेर हुँदैन। यसलाई फाइदामा लैजाने मोडालिटी तयार गर्नेभन्ने छलफल चलेको छ। उदयपुर सिमेन्ट उद्योग र हेटौंडा सिमेन्ट उद्योगलाई मर्ज गर्ने कि? भन्ने पनि छलफल सुरु भएको छ। तर निर्णय नै भएको भने छैन,’ उनले भने।

हेटौंडा सिमेन्ट उद्योग धरासायी बन्नुको मुख्य कारण राजनीतिक प्रभाव भएको समेत मन्त्री भण्डारीले बताए। सरकारी उद्योग राजनीति गर्ने थलोको रुपमा विकास भएको भन्दै यसको प्रभावले उद्योग थलिएको उनको दाबी थियो।

यद्यपि, उद्योग बन्द गर्ने भन्दा पनि यसलाई टिकाउनका लागि कस्ता कार्यहरू गर्न सकिन्छ भन्ने बिषयमा सरकार गम्भीर रहेको मन्त्री भण्डारीले बताए।

यस्तै, हेटौंडा १४ मयूरधापमा रहेको प्रस्तावित मयूरधाप औद्योगिक क्षेत्र छिट्टै सञ्चालनमा ल्याइने बताए।

उक्त क्षेत्रको निरिक्षण गर्दै मन्त्री भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको समयमा प्रस्तावित भएको नयाँ औद्योगिक क्षेत्रका रुपमा रहेको मयुरधापलाई अब सञ्चालनको लागि कानुन निर्माण भैसकेकोले सरकारले डीपीआरको आधारमा सञ्चालनमा ल्याउने तयारी गरेको बताएका हुन्।

करिब ६ अर्ब लगानीमा निर्माण हुने औधोगिक क्षेत्रको कामलाई मद्यवर्ती क्षेत्रको कारण समस्यामा परेको कारण निर्माण हुन नसकेको तर अब यस ठाउँमा नै स्थापना हुने गरि कानुन निर्माण भएको भन्दै अब छिट्टै संचालनमा ल्याउने सरकारको तयारी रहेको उनले दाबी गरे।

यता, आजै हेटौंडा ८ औद्योगिक क्षेत्रमा रहेको हेटौंडा कपडा उद्योगको समेत अनुगमन गरेका मन्त्री भण्डारीले नयाँ प्रविधि भित्र्याएर कपडा उद्योग सञ्चालनमा ल्याउन पहल गरिने बताए।

सधैं नीति तथा कार्यक्रमको प्राथमिकतामा परे पनि उद्योग सञ्चालनका लागि कुनै पहल नभएको भन्दै मन्त्री भण्डारीले बन्द रहेको हेटौंडा कपडा उद्योग सञ्चालनमा ल्याइने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .