ad ad

राजनीति


अमेरिकाले एमसीसी परिमार्जन नगरे अनुमोदन हुँदैन : प्रचण्ड

अमेरिकाले एमसीसी परिमार्जन नगरे अनुमोदन हुँदैन : प्रचण्ड

नेपालखबर
फागुन १७, २०७६ शनिबार ७:०,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका केही बुँदाहरु परिमार्जनका लागि अमेरिकी सरकारसँग आग्रह गर्ने बताएका छन्।

प्रेस संगठन नेपालले शनिबार सिन्धुपाल्चोकको सुनकोशीस्थित सुकुटेमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डल परिमार्जन नभए एमसीसी पारित नहुने बताएका हुन्। उनले अमेरिकालाई एमसीसी परिमार्जन गर्न आग्रह गर्ने नमाने राष्ट्रहित विपरीत सम्झौता नगर्ने बताए।

उनले नेकपाले बनाएको कार्यदलले दिएको सुझाबअनुसार परिमार्जन भए मात्रै एमसीसी पारित हुने नत्र ५५ अर्बका लागि राष्ट्रहितविपरीत सम्झौता नगर्ने बताए।

‘नेपाल र अमेरिकाबीच सुमधुर सम्बन्ध छ, हामी अमेरिकी सहयोग पनि लिन चाहन्छौँ’, पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘तर, एमसीसीमा रहेका केही बुँदा परिमार्जन गर्नुपर्ने छन्, परिमार्जन नगरी ५५ अर्बका लागि राष्ट्रहित विपरीतको सम्झौता गरिँदैन।’

 पार्टीभित्र देखिएको विवाद केही सामान्य भएको भन्दै उनले जीवन्त  पार्टीमा बहस र छलफल भइनै रहने बताए। तत्काल संविधान संशोधन नहुने बताउँदै उनले पार्टी सचिवालयको निर्णयअनुसार उपाध्यक्ष गौतम नै राष्ट्रियसभा सदस्यमा मनोनित हुने दोहोर्‍याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .