ad ad

समाज


दक्षिण कोरियामा कोरोनाबाट संक्रमित बढ्दो, इरानमा मृतकको संख्या २१० पुगेको दाबी

दक्षिण कोरियामा कोरोनाबाट संक्रमित बढ्दो, इरानमा मृतकको संख्या २१० पुगेको दाबी

नेपालखबर
फागुन १७, २०७६ शनिबार ७:७,

दक्षिण कोरिया चीनपछि सबैभन्दा कोरोनाग्रस्त मूलुह हो। त्यहाँ एकैदिन सबैभन्दा ठूलो सङ्ख्याको सङ्क्रमण भएको यो नै पहिलो घटना हो।

कोरिया सेन्टर्स फर डीजीज कन्ट्रोल एन्ड प्रीभेन्सनका अनुसार दक्षिण कोरियामा शनिबार बिहानसम्म २ हजार ९३१ जना कोरोनाबाट संक्रमित छन्। त्यहाँ मृतकको संख्या भने १६ पुगेको छ।

दक्षिण कोरियाका अधिकाँश संक्रमितहरु दक्षिणपूर्वी थेगु सहरमा रहेका छन्।

सिन्चोञ्जी चर्च नामक समूहको सदस्यहरूले एकअर्कामा सारेपछि त्यहाँ कोरोनाभाइरस सङ्क्रमण फैलिएको बताइन्छ।

यसैबीच इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा २१० जनाले ज्यान गुमाएको देशको स्वास्थ्य प्रणालीसँग आबद्ध सूत्रहरूले बीबीसी पर्सीयनलाई जानकारी दिएका छन्।

अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका छन्।

यो सङ्ख्या स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ३४ भन्दा छ गुणा बढी हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सरकारले पारदर्शी रूपमा विवरण बाहिर ल्याएको भन्दै मिथ्या सूचना फैलाइएको बताएका छन्।

हालसम्म विश्वमा ८३,००० भन्दा बढी कोभिड–१९ का सङ्‍क्रमणका घटना प्रमाणित भएका छन् र अघिल्लो वर्ष यो रोग देखिएयता २,८०० जनाको मृत्यु भइसकेको छ।

शुक्रवार अपरान्ह इरानले १४३ वटा नयाँ घटनाहरू देखा परेको भन्दै देशभर ३८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको बताएको थियो।

इरानी अधिकारीहरूले कोभिड १९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन्।

शनिवारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .