ad ad

समाज


भण्डारी दम्पती मृत्यु प्रकरण : ‘आमा-बाबुको हत्यापछि शिशु फालेको हुनसक्छ’

भण्डारी दम्पती मृत्यु प्रकरण : ‘आमा-बाबुको हत्यापछि शिशु फालेको हुनसक्छ’

गोकुल जोशी
फागुन १७, २०७६ शनिबार ६:३८,

आमाबाबुको रहस्यमय मृत्युपछि बेहोस ६ महिने बालिकाको सिटीस्क्यान रिपोर्ट आएको छ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुर, कटान टोलकी ६ महिने बालिका ममता भण्डारीको टाउकोको भित्री भागमा गम्भीर चोट देखिएको उपचारमा संलग्न डाक्टरले बताएका छन्।

बिहीबार कलुवापुरस्थित आफ्नै घरभित्र श्रीमान् जयलाल भण्डारी र उनकी श्रीमती धनादेवी रक्ताम्य अवस्थामा मृत भेटिएका थिए। घरमा रहेका परिवारका सदस्यमध्ये ती शिशु मात्र जीवित छिन् र उनको पनि अवस्था गम्भीर रहेको छ।

कैलाली धनगढीस्थित माया मेट्रो अस्पतालमा आईसीयूमा उपचार ममताका सिटीस्क्यान रिपोर्टमा टाउकोको भित्री भागमा गम्भीर चोट देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा. मोहन साउदले बताए।

डा. साउदका अनुसार शिशु अहिले बेहोस छिन् र उनको स्वास्थ्य अवस्था एकदमै गम्भीर रहेको छ।

‘टाउकोको भित्री भागमा ठूलो चोट देखिएको छ, आमा–बुवाको हत्यापछि शिशुलाई कसैले फालेको वा आफैँ खसेको हुनसक्छ’, नेपालखबरसँग कुरा गर्दै डा. साउदले भने, ‘बालिकाको अवस्था एकदमै गम्भीर छ।’

 उनले टाउकोमा लागेको चोटले मस्तिष्कमा असर गरेको देखिएको जानकारी दिए।

‘टाउकोको चोटले पुरै दिमाग सुजन भएको छ, त्यसले गर्दा शिशुलाई निमोनिया पनि भएको छ’, उनले भने, ‘नाडीको चाल पनि अत्यन्तै कम छ।’

आफूहरुले बालिकाको स्वास्थ्यमा सुधार ल्याउन प्रयत्न गरिरहेको बताउँदै उनले अहिले औषधीहरु चलाइरहेको जानकारी दिए।

‘यहाँ ल्याएको १२ घण्टा जति मात्रै भएको छ, शिशु बेहोस अवस्था रहेकाले आइसीयूमा राखेर उपचार भइरहेको छ’, उनले भने, ‘हामीले आवश्यक औषधी चलाएका छौँ।’

बिहीबार कलुवापुरस्थित आफ्नै घरभित्र श्रीमान् जयलाल भण्डारी र उनकी श्रीमती धनादेवी रक्ताम्य अवस्थामा मृत भेटिएका थिए। घरमा रहेका परिवारका सदस्यमध्ये ती शिशु मात्र जीवित छिन्। ती बालिकालाई उपचारका लागि शुक्रबार बेलुका धनगढी लगिएको थियो।

 सम्बन्धित समाचार :

कञ्चनपुरमा दम्पती मृत्यु प्रकरण: बाँचेकी एक मात्र शिशु पनि बेहोस

भण्डारी दम्पती मृत्यु प्रकरणः बाबु-छोरा, पूर्व प्रेमीसँग जोडेर अनुसन्धान 

दुध पुर्‍याउन गएकी फुपुकी छोरीले जब भण्डारी दम्पती ढलिरहेको देखिन्

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .