ad ad

राजनीति


राष्ट्रिय सभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेश

राष्ट्रिय सभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव पेश

नेपालखबर
जेठ २८, २०८१ सोमबार १५:५२, काठमाडौँ

राष्ट्रिय सभामा सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जसरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ।

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद सोनाम गेल्जेन शेर्पाले सो प्रस्ताव पेश गरेका हुन्। उनले सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाइतेलाई उद्धार र उपचार, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुपरेको बताए।

उनले गएको महिना वैशाखको १ देखि ३० गतेसम्मको अवधिमा देशभर भएका १५९४ सवारी दुर्घटनामा परी १८१ जनाको मृत्यु भएको, ४८७ जना गम्भीर र २ हजार २३४ जना सामान्य घाइते भएका तथ्यांक प्रस्तुत गरे।

उनले भने, ‘चालू आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार, २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ। ५ हजार ९४ जना गम्भीर र २१ हजार १४१ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ। सवारी सुरक्षामा देखिएको यस प्रकारको समस्याले मुलुकले झन्डै १२ अर्ब २८ करोड बराबरकाको क्षति व्यहोर्नुपरेको छ।’

सांसद सेर्पाले थपे, ‘सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने र दुर्घटनामा परी ज्यान गुमाउने परिवारलाई उचित क्षतिपूर्ति र घाईतेलाई उद्धार र उपचारको, अपांगता भएकालाई उचित प्रवन्ध गर्न तत्काल कदम चाल्नुपर्ने भएकाले यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको हो।’

प्रस्तावमा चालु आर्थिक वर्षको पहिलो महिनामा साउनदेखि वैशाख ३० को अवधिमा १९ हजार, २६३ सवारी दुर्घटना हुँदा १ हजार ९३२ मृत्यु भएको उल्लेख गरिएको छ। सो जरुरी सार्वजनिक महत्वको प्रश्तावको प्रश्तावक सांसद शेर्पा रहेका छन् भने सांसदहरु जगप्रसाद शर्मा, कृष्णबहादुर रोकाया, भगवती न्यौपाने, मदनकुमारी साह (गरिमा), मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा र शेखरकुमार सिंह समर्थक रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .