ad ad

कारोबार


धनगढीमा श्रमाधान रोजगार मेला : पहिलो दिन २ हजार २५० जनाले दिए आवेदन

धनगढीमा श्रमाधान रोजगार मेला : पहिलो दिन २ हजार २५० जनाले दिए आवेदन

नेपालखबर
जेठ २८, २०८१ सोमबार १५:५९, कैलाली

कैलालीको धनगढीमा आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय ‘श्रमाधान रोजगार मेला’मा पहिलो दिन दुई हजारभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको रोजगार मेलामा आइतबार रोजगारीका लागि दुई हजार दुई सय ५० जनाले आवेदन दिएका हुन्।

रोजगार मेलामा रोजगारीका लागि विभिन्न पदमा एक हजार दुई सय ५० जनाले अनलाइनमार्फत र एक हजारजनाले प्रत्यक्ष उपस्थित भएर आवेदन दिएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव वसन्तबहादुर बोहराले जानकारी दिए। उनका अनुसार रोजगार मेलामा विभिन्न रोजगारदाताका २८ र सरकारी सेवा प्रवाहसम्बन्धी जानकारी दिने १० सरकारी कक्ष गरी ३८ कक्ष रहेका छन्।

दुईदिने श्रमाधान रोजगार मेलामा रोजगारदाताबाट रोजगारीका लागि दुई हजार छ सय ३४ आवेदन माग गरिएको उनले जानकारी दिए। पहिलो दिन प्रदेशका नौवटै जिल्लाका पाँच हजारजनाले मेलाको अवलोकन गरेको उनले जानकारी दिए।

आन्तरिक तथा वैदेशिक रोजगारसम्बन्धी परामर्शका साथै सार्वजनिक सेवा, जागिर पाउन सिक्नुपर्ने सीप, कुन विषय पढ्दा भविष्यमा चाँडो जागिर पाउन सकिन्छलगायत विषयमा परामर्श हुने भएकाले मेला महत्वपूर्ण भएको उनले बताए।

आवेदन परेकाहरुलाई रोजगारदाताले सीप परीक्षणलगायत प्रक्रिया पूरा गरेर रोजगारी प्रदान गर्ने उनको भनाइ छ। मेलाको आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका थिए। श्रमाधान रोजगार मेला आज समापन हुने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .