ad ad

राजनीति


सेक्युरिटी प्रेस खरिदबारे लेखा समितिमा छलफल

सेक्युरिटी प्रेस खरिदबारे लेखा समितिमा छलफल

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ६:५१,

संघीय प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा सेक्युरिटी प्रेस खरिदबारेको छलफल भइरहेको छ। बैठकमा समितिले आज यससम्बन्धी आठवटा बुँदामा छलफल गरिरहेको छ।

बैठक केही समयअघि सुरु भएको हो।

बैठकमा जीटुजी प्रस्तावमा प्रतिस्पर्धा नभएको, लागत अनुमान यथार्थन नभएको, पोल्यान्डको सरकारी कम्पनी पीडब्ल्युपीडब्ल्यू एस.ए.ले प्रधानमन्त्रीलाई लेखेको पत्रको बेवास्ता गरिएको, स्वीस कम्पनी केबीए नोटासल्सको प्रस्तावको बेवास्ता भएको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, विभिन्न कम्पनीको प्रस्तावित मूल्यमा ठूलो भिन्नता देखिएको, सरकारले प्राप्त गरेको प्रस्ताव र मन्त्रिपरिषदको निर्णयमा थुप्रै अस्पष्टता देखिएकोबारे पनि आजको बैठकमा छलफल भइरहेको छ। त्यस्तै प्रस्तावित कम्पनीको अनुभवमा कमी देखिएको र संकट समाधान, समन्वय र मितव्ययिता अपनाइएको नदेखिएकोबारे समितिले छलफल गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .