ad ad

समाज


कोरोनाभाइरसका कारण क्वारेन्टाइन गरिएको जापानको पानीजहाजमा २ जनाको मृत्यु

कोरोनाभाइरसका कारण क्वारेन्टाइन गरिएको जापानको पानीजहाजमा २ जनाको मृत्यु

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ६:४०,

मृतक दुवै जापानी नागरिक ८० वर्ष हाराहारीका थिए।

दुईहप्ता अगाडि ३५ सय यात्रु सवार उक्त पानीजहाजमा कोरोनाभाइरस देखिएपछि यात्रु कसैलाई जहाजबाट झर्न दिइएको थिएन।

उक्त जहाजलाई नै क्वारेन्टाइन गरी कोरोना संक्रमितको उपचार गर्दै आइएको थियो।

तर केही समययता जापानी जहाजको क्वारेन्टाइन प्रभावकारी नभएको टिप्पणीहर भएका थिए। यसबीचमा अमेरिका र हङकङले आफ्ना नागरिक उक्त जहाजबाट उद्धार गरिसकेको छ।

हाल उक्त जहाजमा सवार ६२१ जनामा कोरोनाको संक्रमण देखिएको छ। डायमन्ड प्रिन्सेस जहाजका यात्रुको मृत्यु भएको यो पहिलो घटना हो।

बिहीबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृतकको संख्या २ हजार १२६ पुगेको छ भने संक्रमितको संख्या ७५ हजार ६ सय पुगेको छ। चीनमा मात्र २ हजारभन्दा बढीको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या झन्डै ७५ हजार पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .