ad ad

राजनीति


गच्छदारको मुद्दालाई लिएर कांग्रेस शीर्ष नेताले गरे कानुन व्यवसायीसँग छलफल

गच्छदारको मुद्दालाई लिएर कांग्रेस शीर्ष नेताले गरे कानुन व्यवसायीसँग छलफल

नेपालखबर
माघ २३, २०७६ बिहिबार ७:५,

बालुबाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा पार्टी उपभासपति एवं संसदीय दलका उपनेता विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले कानुन व्यवसायीसँग छलफल गरेको छ।

 बिहीबार सभापति शेरबहादुर देउवा निवासमा कांग्रेसका शीर्ष नेताहरुले अख्तियारले विशेष अदालतमा दर्ता गरेको मुद्दाका विषयमा कानुन व्यवसायीसँग यस विषयमा छलफल गरेका हुन्।

पार्टी सभापति शेरबहादुर देउाव, वरिष्ठ नेता रामचन्द्र पौडले, महामन्त्री शशांक कोइराला,  कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, पुष्पा भुषाल लगायतले कानुन व्यससायीसँग छलफल गरेका हुन्।

त्यस्तै छलफलमा वकिलहरू प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, शेरबहादुर केसी, सीताराम केसी, योगेन्द्र अधिकारी, लीलामणि पौडेल र एकराज पोखरेल सहभागी रहेका  थिए।

‘उपसभापतिविरुद्ध बालुवाटार जग्गा प्रकरणमा भ्रष्टचारको मुद्दा दर्ता भएपछि कानुन व्यवयायीसँग शीर्ष नेताहरुले के गर्ने भन्ने विषयमा छलफल गर्नुभएको हो’, वरिष्ठ नेता रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले नेपालखबरसँग भने।

अख्तियार दुरुपययोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणमा बुधबार तत्कालीन मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री, तीन सचिवसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

कांग्रेस नेताहरुले यसअघि मुद्दा दर्ता पक्षपातपूर्ण भएको र उही प्रकृतिको मुद्दामा नेकपाका नेतालाई उम्क्याइएको र कांग्रेस नेतालाई फसाइएको प्रतिक्रिया दिएका थिए।

वरिष्ठ नेता पौडेलले अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अदालतमा दायर गरेको मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जाएको भन्दै लाल झण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ भन्ने भनाइ कतै पूरा हुने त होइन? भन्ने प्रश्न व्यक्त गरेका थिए।

त्यस्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि अख्तियारले दायर गरेको मुद्दामाथि प्रतिक्रिया जनाउँदै प्रधानमन्त्रीको निर्णयलाई सिरानीमुनी राखेर एक मन्त्रीलाई मुद्दा चलाएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमाउनले भनेका छन्, ‘श्री माधवकुमार नेपालको पालामा नीतिगत निर्णय, एक पूर्वमन्त्री कमरेडको सिरानीमुनि लालपूर्जा। मुद्दा कसलाई? विजय गच्छदारलाई?’

कांग्रेसले यस विषयमा अहिलेसम्म औपचारिक धारणा भने सार्वजनिक गरेको छैन। कानुन व्यवसायीको सल्लाह बमोजिम अगाडि बढ्ने तयारी कांग्रेसले गरिरहेको एक नेताले नेपालखबरलाई बताए।

याे पनि : कांग्रेसको प्रश्नः माधव नेपालको निर्णय, गच्छदारलाई मुद्दा

कांग्रेस नेता पौडेलको प्रश्नः लालझण्डा ओढेपछि जुनसुकै खत पनि माफ हुन्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .