बेल्जियमकी राजकुमारी अस्त्रिद र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीबीच भेटवार्ता भएको छ।
एक हप्ते नेपाल भ्रमणका लागि नेपाली आएकी अस्त्रिद र ज्ञवालीबीच आइतबार साँझ भेटवार्ता भएको हो।
उनले नेपाल बसाईको क्रममा कैलालीमा नयाँ क्षयरोग उपचार केन्द्रको उद्घाटन गरी कुष्टरोग तथा क्षयरोगका विरामीलाई भेट्नेछिन्। त्यसैगरी नवलपरासीको मध्यविन्दु असप्तालमा रहेको क्षयरोगका विरामीलाई भेट्ने कार्यक्रम पनि रहेको बताइएको छ।
यी दुई अस्पतालको निर्माणमा राजकुमारी नै मानार्थ रहेको डेमिन फाउन्डेसन नामको एक गैरसरकारी संस्थाले सहयोग गरेको थियो। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, उपप्रधानमन्त्री ईश्वर पोखेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेट्ने कार्यक्रम समेत रहेको छ।
आइतबार राजकुमारी अस्त्रिदलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा स्वागत गरेका थिए।
प्रतिक्रिया