पोखरामा सम्पन्न पाँचौं संस्करणको मिस तामाङ पोखराको उपाधि शशिकला तामाङले जितेकी छिन्। उनी लेकसाइड निवासी हुन्।
शनिबार अबेर सम्पन्न ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिएकी हुन्। उनले मिस ट्यालेण्टको टाइटल पनि जितिन्। जितसँगै उनले रु १ लाख नगद, ताज, ट्रफी, प्रमाणपत्र सहित म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरिन्।
प्रमुख निर्णायक नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामाको तामाङ समुदायको विकासका लागि के योगदान दिनुहुन्छ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अन्य प्रतियोगीलाई पछि पारेकी हुन्।
सलिना तामाङले फस्र्ट रनरअपसँगै बेस्ट वाकको टाइटल जितिन्। उनले नगद ५० हजार रुपैयाँ, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन्। यस्तै बेस्ट पर्फमरको टाइटल जितेकी रेनु तामाङ सेकेण्ड रनरअप बनिन्। उनले नगद ३० हजार रुपैयाँ सहित ताज, ट्रफी, प्रमाणपत्र सहित हात पारिन्।
ब्युटी विथ प्रपोज सहित भ्यवर्स च्वाइस अवार्ड जितेकी प्रिती वाइवा तामाङले नगद २० हजार पुरस्कार समेत प्राप्त गरिन्।
प्रतियोगितामा सहभागीहरु प्रायः सबैलाई विभिन्न उपाधि दिइयो। जस्मा, बेस्ट हेयर अनिशा तामाङ, बेस्ट स्माइल विन्दु तामाङ, मिस फोटोजेनिक किस्मत तामाङ, बेस्ट स्किन सरस्वती तामाङ, मिस कल्चर कोमल तामाङ, मिस डिसिप्लिन सृजना ब्लोन तामाङ, मिस ग्रेसफुल सुजाता तामाङ, बेस्ट पर्सनालिटी सृजना घिसिङ तामाङ, मिस कन्फिडेण्ट आकृति तामाङ, मिस पङ्गचुअल भुमिका तामाङ, मिस पपुलर मनिषा तामाङ, मिस अर्गनाइजर च्वाइस सुमिक्षा तामाङ र मिस फ्रेण्डली स्वस्तिका तामाङ बनिन्।
मञ्जुश्री संवत २८५६ सोनाम ल्होसारको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो। सन् २०१६ देखि मिस तामाङको स्पर्धा सुरु भएको हो।
प्रतिक्रिया