ad ad

राजनीति


गुटबन्दी गरेपछि जनमतले गर्‍यो पूर्वसांसद कुशवाहासहित ५ नेता निलम्बन

गुटबन्दी गरेपछि जनमतले गर्‍यो पूर्वसांसद कुशवाहासहित ५ नेता निलम्बन

नेपालखबर
साउन ४, २०८० बिहिबार ९:११, काठमाडौँ

जनमत पार्टीले  पूर्वसांसद शिवचन्द्र कुशवाहासहित ५ जना नेतालाई निलम्बन गरेको छ।

बुधबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिले जनमत पार्टीको निति निर्देश र विधान विपरित ढंगले अनुशासनहीनता प्रदर्शन गरेको भन्दै उनीहरूलाई कारवाही गरेको हो।

जनमतका उपाध्यक्ष तथा समिति प्रमुख दीपककुमार साहका अनुसार कुशवाहासहित गुलाब मण्डल, शंकर खड्का, भोपेन्द्र यादव र भगवान दास यादवलाई कारवाही गरिएको हो।

कुशवाहालाई अनुशासनहीनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरुद्ध लागेको आरोप लागेको छ। उनलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीले कारवाही गरेको छ।

मण्डलले मन्दिरको व्यवस्थापन समितिको निर्वाचन र खड्काले विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवारी दिएका थिए। उनीहरूलाई १ वर्षका लागि निलम्बन गरिएको उपाध्यक्ष साहले जानकारी दिए। 

कपिलबस्तु पार्टीका बैठकहरू र कामकारबाहीको क्रममा हो हल्ला गर्दै अनुशासनहीनता पटक-पटक प्रदर्शन गरेको भन्दै भगवान दास यादवलाई पनि १ वर्षका लागि पार्टीले निलम्बन गरेको छ।

भोपेन्द्र यादवले केन्द्रीय निर्देशनको उल्लघंन गरेको र गर्न लगाई गुटबन्दी गरेको भन्दै ३ महिनाका लागि कारवाही गरिएको जानकारी साहले दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .