नेपाली कांग्रेसको महाधिवेशन आगामी वर्षको फागुनमा हुने भएको छ।
पौडेल समुहको बहिष्कारका बिच बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तया गर्नुका साथै विभिन्न निर्णय गरेको छ। बैठकले आगामी वर्षको फागुन ७ देखि १० सम्म काठमाडाैंमा महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ।
कार्यतालिका अनुसार गाउँ/नगर वडा अधिवेशन २०७७ मंसिर ९ गते, गाउँ/नगरपालिका अधिवेशन मंसिर ११ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर १५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन-मंसिर १७ गते, जिल्ला अधिवेशन मंसिर २५ गते र प्रदेश अधिवेशन पौष १५ गतेलाई तोकिएको छ।
यस्तै, बैठकले तरुण दलको म्याद छ महिना थप गरेको छ भने पार्टी विभागको संख्या ४१ बनाउँदै अर्को बैठकले थप गरेर ४५ पुर्याउने निर्णय गरेको कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले नेपालखबरलाई जानकारी दिए।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेल समूहले महाधिवेशनकाे कार्यतालिका सार्वजनिक गर्नुपर्ने लगायतका माग राख्दै जारी केन्द्रीय कार्यसमित बैठक बहिष्कार गर्दै आएकाे छ।
यी हुन् कांग्रेसले बनाएका केन्द्रीय विभागहरु
१. सङ्गठन विभाग
२. सूचना, संचार तथा प्रचार विभाग
३. अन्तर्राष्ट्रिय सम्बन्ध विभाग
४. राज्य प्रशासन विभाग
५. स्थानीय तह समन्वय विभाग
६. अभिलेख, अनुगमन तथा मुल्याङ्कन विभाग
७. संघीय मामिला तथा प्रदेश समन्वय विभाग
८. संसदीय मामिला विभाग
९. संवैधानिक तथा कानुन विभाग
१०. पर्यटन विभाग
११. महिला विभाग
१२. तरुण विभाग
१३. विद्यार्थी विभाग
१४. पेशागत तथा बुद्धिजीवि विभाग
१५. शिक्षा विभाग
१६. स्वास्थ्य विभाग
१७. गैर सरकारी संस्था एवं सामाजिक सेवा विभाग
१८. उद्योग तथा व्यापार विभाग
१९. निर्माण, यातायात तथा व्यवसाय समन्वय विभाग
२०. कृषि तथा किसान विभाग
२१. आदिवासी जनजाती विभाग
२२. खेलकुद विभाग
२३. प्राकृतिक श्रोत विभाग
२४. साहित्य, कला तथा संस्कृति विभाग
२५. नेपाली जनसम्पर्क समिति समन्वय विभाग
२६. बैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग
२७. अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभाग
२८. दलित विभाग
२९. द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग
३०. मुस्लिम विभाग
३१. वन तथा वातावरण विभाग
३२. तराई मधेश विभाग
३३. वित्तिय तथा सहकारी संस्था समन्वय विभाग
३४. पिछडिएको क्षेत्र समन्वय विभाग
३५. विज्ञान तथा सूचना प्रविधि विभाग
३६. भू.पू. सैनिक विभाग
३७. जिल्ला सम्पर्क समिति समन्वय विभाग
३८. अन्य पार्टी सम्पर्क विभाग
३९. आर्थिक नीति तथा योजना विभाग
४०. शुभेच्छुक संस्था समन्वय विभाग
४१. अन्य भ्रातृ संघ समन्वय विभाग
४२. थारु विभाग
४३. आपूर्ति तथा उपभोक्ता विभाग
४४. श्रम विभाग
४५. भूमिहिन, सुकुम्बासी, अव्यवस्थित बसोबास एवं मुक्त कमैया समन्वय विभाग
४६. गैर आवासीय नेपाली समन्वय विभाग
४७. पूर्व राष्ट्रसेवक समन्वय विभाग
Shares
प्रतिक्रिया