ad ad

राजनीति


उपनिर्वाचनमा सिट तानातान, कुन दलले कहाँ जोगायो, कसको गुम्यो?

उपनिर्वाचनमा सिट तानातान, कुन दलले कहाँ जोगायो, कसको गुम्यो?

सागर न्यौपाने
मंसिर १५, २०७६ आइतबार १४:४१,

शनिबार भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपत्यकाकै एक प्रदेशसभा सिट गुमाएको छ भने उपनिर्वाचन भएको एकमात्र प्रतिनिधिसभा सिट कास्की २ भने जोगाउन सफल भएको छ।

नेकपा एकिकृत हुनुअघि नै एमाले उमेदवार हरिशरण लामिछानेले जितेको भक्तपुर १ ‘क’ सत्तारुढ नेकपाबाट प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले खोस्न सफल भएको छ।

राजधानी काठमाडौंसँगै जोडिएको भक्तपुरमा पार्टी एकिकृत भएपछि व्यहोरेको हारलाई अर्थपूर्णरुपमा लिइएको छ।

उपनिर्वाचन भएको एकमात्र प्रतिनिधिसभा सिट कास्की क्षेत्र नम्बर २ मा भने आफ्नो वर्चश्व कायम राख्न नेकपा सफल भएको छ।

total seats WM

उपनिर्वाचनमा नेकपाले यसअघि जितेको संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पद जोगाएको छ।

अध्यक्ष उम्मेदवार नेकपाका तेजबहादुर पोखरेल नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै विजयी भएका हुन्। २०७४ सालमा भएको निर्वाचनमा पनि नेकपाले नै जितेको थियो।

यसअघि राष्ट्रिय जनता पार्टी (राजपा)ले जितेको महोत्तरी पिपरा गाउँपालिका अध्यक्षमा नेकपाका विक्रम चौधरी विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी समाजवादीका रामजानकी यादवलाई पराजित गरेका हुन्।

उता हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पद नेपाली कांग्रेसबाट नेकपाले खोसेको छ । उपाध्यक्ष उम्मेदवार नेकपाकी रुपा शाहीले कांग्रेसकी उम्मेदवार तारा शाहीलाई ६९ मतान्तरले पराजित गर्दे विजयी भएकी हुन्।

वडाहरुमा फेरबदल

उपनिर्वाचन भएका ४३ वटा वडा अध्यक्षको मतपरिणाम रोचक निस्केको छ। केही वडाको अन्तिम मतपरिणाम सार्वजनिक हुन वाँकी छ। अहिलेसम्म २२ वटा वडामा नेकपा विजयी भएको छ । कांग्रेसले १२ वटा वडा जितेको छ। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले ३÷३ वटा वडा अध्यक्षमा विजयी भएका छन् भने प्युँठानको ऐरावती २ मा नेकपाका विद्रोही उमेदवारले स्वतन्त्र हैसियतमा चुनाव जितेका छन्।

सत्तामा झण्डै दुईतिहाई जनमतसहित रहेको दुईवर्षमा नेकपाले २०७४मा जितेका ८ वटा वडा भने गुमाएको छ।

हिलिहाङ ७ पाँचथर, धनपालथाम २ मोरङ, हरिपुर्वा १ सर्लाही, भरतपुर १६, मालारानी ३ अघाखाँची, घोराही १६ दाङ, दोगदाकेदार गाउँपालिका ४ बैतडी र पुर्चाैडी नगरपालिका ४ बैतडी गुमाएको हो।

तर, कांग्रेसले पहिले जितेको ७ र पहिले स्वतन्त्रले जितेको एक वडा खोसेर उसले आफ्ना खोसिएका वडा अध्यक्ष को क्षतिपूर्ति गर्न सफल भएको छ।

उसले स्वतन्त्रबाट रोल्पाको थवाङ १ र कांग्रेसबाट फिदिम १ पाँचथर, पौवादुम्मा १ भोजपुर, कल्याणपुर १२ सिरहा, इन्द्रावती ८ सिन्धुपाल्चोक, कोहलपुर ६ बाँके, मेल्लेख ५ अछाम र त्रिवेणी १ बाजुरा आफूतर्फ तानेको छ।

सत्तासाझेदार समाजवादी पार्टीले संखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ पर्सा, हरिपुर्वा १ सर्लाही र बारागढी १ बारा जितेको छ। यस्तै राजपाले मटिहानी १, महोत्तरी, छिन्नमस्ता ७, सप्तरी र शिवराज नगरपालिका १०, कपिलबस्तु जितेको छ।

४३ वडामा भएको निर्वाचनमध्ये प्युठानको ऐरावती गाउँपालिका १, महोत्तरीको बलवा गाउँपालिका ८ र धरान उपमहानगरपालिका ७ को परिणाम पनि आउन बाँकी छ।
मिनि जनमत संग्रहको रुपमा रहेको उपनिर्वाचनमा प्रदेशसभातर्फ बाग्लुङ २ ‘ख’ र दाङ ३ ‘ख’, सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुखको नतिजा पनि आउन वाँकी छ।

बैकल्पिक पार्टीहरु अत्यन्त कमजोर

वैकल्पिक पार्टी बनाउने अभियानमा रहेका साझा पार्टी, विवेकशील पार्टी लगायतका दलले उपनिर्वाचनमा कुनै प्रभाव नै देखाउन सकेनन् । उपनिर्वाचनको नतिजालाई विश्लेषण गर्दा नयाँ र भिन्न राजनीतिक धार स्थापित गर्ने लक्ष्य लिएका पार्टीहरुलाई मतदाताले अझै रुचाएको देखिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .