ad ad

राजनीति


कास्की उपनिर्वाचनमा १९ उम्मेदवारको जमानत नै जफत

कास्की उपनिर्वाचनमा १९ उम्मेदवारको जमानत नै जफत

वाशुदेव मिश्र
मंसिर १५, २०७६ आइतबार १५:३१,

कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा ७१ हजार ८ सय ७१ मतदाता थिए। मंसिर १४ गते उनीहरुमध्ये ४५ हजार ४ सय ४३ जनाले मतपत्रमार्फत आफ्नो मत जाहेर गरे। अर्थात् ६३.४० प्रतिशत जनता मात्रै मतदानमा सहभागि भए। त्योमध्ये पनि ६ सय मत बदर भयो। नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत प्राप्त गरिन्। यो कूल मतको ५३.५३ प्रतिशत हो।

यता, उनका निकटतम् प्रत्यासी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ५१ मत ल्याए। विद्याले ८ हजार ४ सय ४३ मतान्तरले विजय प्राप्त गरिन्। गएको चुनावमा यही क्षेत्रमा विद्याका पति रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत र उनका प्रतिष्पर्धी देवराज चाालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए। त्यो बेलाको मतान्तर ८ हजार ५ सय ४६ थियो।

मतदाता बढेको बेला भोट कम खस्यो। मतान्तर उस्तै भए पनि दुबै मुख्य दलले कम भोट ल्याए। चुनावमा स्वतन्त्रसहित २१ उम्मेदवार मैदानमा थिए। निर्वाचन आयोगका अनुसार राजनीतिक दलको मान्यता पाउन खसेको मतको ३ प्रतिशत ल्याउनैपर्छ। यस मानेमा बाँकी उम्मेदवारले जमानत जोगाउन सकेनन्।

यता, त्यो बेलाको चुनावमा तेस्रो शक्ति बनेको साझा पार्टीको भोट खासै घटेन। तर, यो पटक उसले तेस्रो दलको हैसियत गुमायो। १ हजार ९ सय २२ मत ल्याउँदै समाजवादी पार्टी तेस्रो नम्बरमा आयो। यद्यपी, यो पटक संघीय समाजवादी र नयाँशक्ति पार्टीको एकिकरणबाट यो पार्टी मिलेको हो। त्यस्तै राप्रपाका रोमबहादुर भण्डारीले एक हजार एकसय ५३ मत ल्याए। राप्रपा अघिल्लो चुनावी मैदानमा थिएन।

१६ उम्मेदवार बदर मतभन्दा पछि

यहाँ ६ सय मत बदर भयो। ६ राजनीतिक दलका उम्मेदवारले त्यो मतलाई जित्न सकेनन्। नेपाल कम्युनिष्ट पार्टी (माले) का टेकनाथ भण्डारी ५१, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का गंगा मल्ल ९५, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना ३५, नेपाली कांग्रेस (विपी) का चन्द्रबहादुर रानाभाट २८, मंगोल नेपाल अर्गनाइजेसनले रियाज गुरुङ १३८ र देशभक्त समाजबाट वीरबहादुर विश्वकर्माले ११ मत ल्याए।

यसैगरि १० स्वतन्त्र उम्मेदवार पनि त्यही हैसियतमा रहे। कमलजंग कुँवर शंख चिन्हले ६१, विवेकशीलको समर्थनमा चुनावमा भाग लिएकी जमुना शर्माले ७७ मत, क्यामेरा चिन्हका दीपक रेग्मीले ५, कलम चिन्हका नवराज बास्तोलाले १८, आँप चिन्हका यज्ञप्रसाद पंगेनीले १ मत ल्याए।

यता, डोजर चिन्हका रनबहादुर दमैले ४, माहुरी चिन्हकी लक्ष्मी कुमारी भूजेलले ४, सुनिल बहादुर कोइराला टेबुल चिन्हले ११ मत, किताब चुनाव चिन्हका उमनाथ गौतम १ र क्रिकेटको ब्याट चुनाव चिन्हका सुनिल भूषालले ४ मत ल्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .