ad ad

राजनीति


मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर विजयी

मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर विजयी

नेपालखबर
मंसिर १५, २०७६ आइतबार १४:४०,

सङ्खुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका छन्।

पोख्रेलले तीन हजार १८ मत ल्याएर विजयी भएका छन्। नेकपाका पोख्रेलले ८०२ मतको अन्तरले विजयी भए। त्यस्तै, नेपाली कांग्रेसका विमन पराजुलीले दुई हजार २१६ मत ल्याए। नौ हजार एक मत रहेको मकालुमा पाँच हजार ७७४ मत खसेको थियो। मकालु गाउँपालिका अध्यक्ष पदका लागि सात दलले उम्मेदवारी दिएका थिए।

त्यस्तै संघीय समाजवादी पार्टी नेपालका नुर्वु शेर्पाले ३३२ मत प्राप्त गरेका छन्। नेकपाका विजयी उम्मेदवार तेजबहादुर शिक्षक पेशाबाट अवकाश लिएर राजनीतिक क्षेत्रमा आएका हुन्। मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको जीप दुर्घटनामा परेर २०७४ पुस ३० गते मृत्यु भएको थियो। कटुवाल तत्कालीन एमालेबाट निर्वाचित भएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .