विराटनगर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज (सोमबार) विराटनगर आउने भएका छन्। पार्टीको मोरङ जिल्ला कमिटीले चाडपर्वको उपलक्ष्यमा आयोजना गर्ने शुभकामना आदानप्रदान तथा चियापान समारोहमा सहभागी हुन ओली विराटनगर आउने भएका हुन्।
पूर्वप्रधानमन्त्री ओली काठमाडौंबाट यति एयरको जहाज चढेर सोमबार बिहान ११ बजे विराटनगर आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले (मोरङ) ले जानकारी दिएको छ।
यस क्रममा एमाले अध्यक्ष ओलीले विराटनगरका नेता/कार्यकर्तालाई बिहान ११ देखि २ बजेसम्म प्रशिक्षण दिने कार्यक्रम पनि रहेको एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए।
एमाले मोरङको पार्टी कार्यालयमा हुने कार्यक्रममा ७ हजार जनाभन्दा बढी नेता/कार्यकर्ता सहभागी हुने उनको दाबी छ।
कार्यक्रम सकेर अध्यक्ष ओली आजै काठमाडौं फर्किने एमालेले जनाएको छ।
याे पनि : दसौं महाधिवेशन प्रतिनिधि छनोटबारे ओलीले जारी गरे अर्को अपानि (१७ बुँदे पत्रसहित)
Shares
प्रतिक्रिया