नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू पक्षीय अखिल फोर्सले कसैमाथि आक्रमण नगर्ने बताएका छन्। शनिबार राजधानीमा आयोजित फोर्सको राष्ट्रिय भेलालाई सम्बोधनका क्रममा नेपालले यसो भनेका हुन्।
'अखिल फोर्सले मुड्की हान्दैन, बंगारा भत्काउँदैन। अखिल फोर्सको नाम भोलेन्टियर्स या स्वयंसेवक बनाऊँ', उनल भने, 'एउटाले फोर्स बनायो हामी पनि के कम भन्न त सकियो। हामी तर्सेर भाग्ने करा आउँदैन। मैदान छाडेर भाग्ने कुरा भएन', उनले भने, 'हामी कसैसँग निहुँ खोज्दैनौँ, कसैलाई बिच्काउँदैनौँ । तर गलत कुराको प्रतिरोध हुन्छ।'
उनले बलबाट भन्दा पनि आफूहरु विचारबाट अघि बढ्ने योद्धा भएको बताए। 'हामी विचारबाट अघि बढ्ने योद्धाहरु हौँ। कसैको कुभलो नचिताउनु', उनले भने, 'तर गलत कुराविरुद्ध सतीसाल झैँ उभिनुपर्छ।'
816
Shares
प्रतिक्रिया