कस्केली समाज अमेरिकाले शनिबार न्यूयोर्कमा कास्कीबाट अमेरिका गएर बसाेबास गर्नेहरुको बृहत भेटघाट कार्यक्रमको आयोजना गरेको छ।
हाल अमेरिकाको न्युयोर्क, न्युजर्सी र कनेकटिकटमा बसोबास गर्दै आएका सम्पूर्ण कास्केलीहरुको रमाइलो जमघटसँगै एक आपसमा चिनजानसँगै पारिवारिक रूपमा भेटघाट गराई रमाइलो वातावरणसँगै विभिन्न परिकारका साथ नाचगान समेत गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको कास्की समाज अमेरिकाका अध्यक्ष कुल गुरुङले जानकारी दिए।
कार्यक्रममा न्युयोर्क न्युजर्सी, कनेकटिकेट, बाल्टिमोर लगायतका ठाउँका कस्केलीहरुको सहभागिता रहेको उनले जनाए। उनले न्युयोर्क शहरमा कास्केलीहरु ठूलो जमघट भएको पहिलो पटक भएको दाबी पनि गरे।
उनले समग्र कास्की जिल्लालाई अमेरिकामा बस्ने कास्केलीहरुले कसरी सहयोग गर्ने सक्छन् भन्नेतर्फ पनि योजना बनाएर अगाडी बढ्ने प्रतिवद्धता पनि कार्यक्रममा गरिएको जानकारी दिए।
पिकनिक कार्यक्रमको सञ्चालन गरेका कृष्ण लामिछानेले भेटघाटले आगामी दिनमा कास्केली समाज न्युयोर्क अमेरिकाका लागि कसरी संस्थागतरुपमा अगाडी बढाउने निर्णय पनि गरिएको बताए।
Shares
प्रतिक्रिया