साताको पहिलो कारोबार दिन आज सेयरबजार ओरालो लागेको छ। बजार कारोबार मापक नेप्से सूचक ४.२० अंकले घटेर १२५९.६४ विन्दुमा आइपुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव ७५ अंकले ओरालो लागेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
बजारमा १ सय ६९ कम्पनीको कारोबार भएकामा १४ लाख कित्ता सेयर बिक्री भएका छन् भने ४७ करोडको कारोबार भएको छ। आज दिनभरिमा ७ हजार ७ सय ६५ पटकको खरिदबिक्रीबाट उक्त रकमको सेयर कारोबार भएको हो। आज ११ समूहको कारोबार भएकोमा फाइनान्स समूहको १.०३ अंकले कारोबार बढे पनि अन्य बाँकी सबै समूहको कारोबार सूचक रातो छ।
कारोबारको आधारमा आज नेपाल बैंक लिमिटेडको ५ करोड १२ लाखको सेयर प्रतिकित्ता ३ सय ३५ रुपैयाँमा बिक्री भएको छ। त्यस्तै कृषि विकास बैंकको २ करोड ९५ लाखको, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको १ करोड ९२ लाखको, प्रभु बैंकको १ करोड ८४ लाखको, सानिमा बैंक लिमिटेडको १ करोड ५१ लाखको सेयर कारोबार भएको छ।
कमाउने कम्पनीमा आज स्वरोजगार लघुवित्त विकास बैंक अगाडि रहँदा यसका लगानीकर्ताले प्रतिकित्ता ५२ रुपैयाँ हात पारेका छन्। त्यस्तै, स्पर्श लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ६६ रुपैयाँ, स्वाभिमान लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ७२ रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले ५२ रुपैयाँ, नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ७८ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।
गुमाउनेमा भने आज हिमालयन पावर पार्टनर लिमिटेड (५.०६ प्रतिशत), इन्फिनिटी लघुवित्त वित्तीय संस्था (४.८८ प्रतिशत), सामुदायिक लघुवित्त वित्तीय संस्था (४.७५ प्रतिशत), कर्पोरेट डेभलपमेन्ट बैंक (४.७२ प्रतिशत) र लक्ष्मी लघुवित्त वित्तीय संस्था (४.२९ प्रतिशत) कम्पनीहरु रहेका छन्। आज ४० कम्पनीको सेयर बढ्दा ९० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने २४ कम्पनीको सेयर मूल्यमा कुनै बदलाव आएको छैन।
प्रतिक्रिया