चालीस वर्षीय जपाटा आइतवार बिहान जीएमटी ६ः१७ बजे साङ्गाटबाट उडेका थिए।
उनले निर्माण गरेको फ्लाई बोर्डमा पाँचवटा टर्बाइन जडान गरिएका छन्। सो उपकरण चलाउन मट्टीतेल प्रयोग हुन्छ।
उक्त फ्लाईबोर्ड १ सय ९० किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्ने बताइएको छ। जपाटा जेटस्कीका भूतपूर्व विजेता हुन्।
जपाटाको पहिलो प्रयास विफल भएको थियो। उडानको बीचमा इन्धन भर्ने कुरामा समस्या उत्पन्न भएपछि गत जुलाईमा उनी लक्ष्यमा पुग्न सकेका थिएनन्।
यसपालि भने ३५.४ किलोमिटरको दुरी पार गर्न ठूलो आकारको डुङ्गा र त्यसमा इन्धन भर्ने व्यवस्था मिलाइएको थियो।
(भिडियाे)
इंग्लिस च्यानल भन्नाले नर्थ सि र एट्लान्टिक महासागरको भागलाई बुझिन्छ जसले उत्तरी फ्रान्स र दक्षिणी वेलायतलाई छुट्याउँछ।
गत महिना प्यारिसमा सम्पन्न एउटा महत्त्वपूर्ण परेडका क्रममा उनले उक्त बोर्ड प्रदर्शन गरेका थिए। त्यसपछि यसको चर्चा चुलिएको थियो।
फ्लाईबोर्ड उडाउन प्रयोग गरिएको मट्टीतेल चालकले बोकेको झोलामा राखिएको छ। सो उपकरणको आकार स्केटबोर्डकै जत्रो छ।
उक्त फ्लाइङ बोर्ड हलिउड चलचित्र स्पाइडरम्यानमा एक खलनायकले चढ्ने यानजस्तै छ।
काल्पनिक चलचित्र तथा साइन्स फिक्सन चलचित्रमा कल्पना गरिएका त्यस्ता थुप्रै उड्ने यानहरु यतिबेला वास्तविकतामा परिणत भएका छन्।
यतिबेला उड्ने कारहरु बन्न थालेका छन्। उड्ने कार सन् २०३० को दशकबाट व्यावसायिक हुने वैज्ञानिकहरुको भनाइ छ।
चलचित्र आइरनम्यानमा त्यसका नायक आकाशमा उड्छन्, ब्याटम्यानका नायक आकाशमा उड्छन्।
ठिक त्यस्तै उड्ने यानहरु यतिबेला बनेका छन्। विज्ञानले कल्पनालाई वास्तविकतामा परिणत गरिरहेको विज्ञहरु स्वीकार गर्दछन्। बीबीसी
प्रतिक्रिया